Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

खबरडबली संवाददाता

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि बन्द भएपछि त्यसको सास्ती मेची पहाडका सर्वसाधारणले व्यहोरिरहेका छन्।

अहिले इलामबाट झापा जानका लागि भरपर्दो कुनै पनि सडक छैन। राजमार्गको वैकल्पिक रूपमा रहेका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडकको बीचमा पर्ने पुवाखोला र जोगमाई खोलामा बनाइएका डाइभर्सनहरू बाढीले बगाउँदा मेची पहाडी भेगका बासिन्दाले सास्ती भोग्नुपरेको छ।

यी खोलामा बाढी घटेपछि डाइभर्सन बनाइए पनि पुनस् बाढी आउनासाथ बगाउने गरेकाले ठुलो समस्या भइरहेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो। राजदुवाली सडक खण्डमा भने खोला क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको र माथिबाट सडक भासिएर झरिरहेकाले तत्काल राजमार्ग खुल्न सक्ने अवस्था नरहेको घिमिरेले जानकारी दिए। “अहिले सवारीसाधन पूर्ण रूपमा बन्द भएको अवस्थामा तलबाट पर्खाल उठाएर माटो पुरेका ९फिलिङ० पछि मात्र माथिको ट्र्याक बनाउन सकिन्छ,” घिमिरेले भने।

अहिले राजमार्गसहित सबै सडक बन्द भएपछि इलाम–झापा आउजाउका लागि बिरामीलाई स्ट्रेचरमा बोकेरै पहिरो पार गराउनुपरेको छ। यात्रुहरू भने पहिरोमा जोखिमपूर्ण रूपमा पैदल हिँडेरै यात्रा गरिरहेका छन्। यता वैकल्पिक मार्ग भएर ताप्लेजुङसम्मका लागि छुटेका मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

सडक ठप्प भएपछि इन्धन र खाना पकाउने ग्याँससहित दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ। “अहिले इन्धन, ग्याँससहितका दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको छ,” इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले भने, “भित्रिएका दैनिक उपभोग्य सामग्रीहरूमा पनि अत्यधिक ढुवानी खर्च जोडिएकाले उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको अवस्था छ।” यदि यस्तै अवस्था रहिरहे अब नागरिकहरू आफैँ आन्दोलित हुनुको विकल्प नरहेको अध्यक्ष पौड्याल बताउछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending