संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका– ३ खर्सु भन्ने ठाउँमा एकजनाको हत्या भएको छ । जिल्लाको चिचिला गाउँपालिका– ३ का ३६ वर्षीय विकास राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनका अनुसार चिचिला– ३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरको बिचमा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी बस्नेतको भनाइ छ । ‘शनिबार दिउँसो प्रहरीलाई लास फेला परेको खबर प्राप्त भयो, चिचिला प्रहरी चौकीबाट प्रहरी टोली जानुका साथै जिल्लाबाट मेरै नेतृत्वमा टोली गएकाे थियाे, प्रारम्भिक अनुसन्धानबाट लास स्थानीय विकास राईको भएको पत्ता लाग्यो, तर भिरको बिचमा शव भएकाले आज (आइतबार) मात्रै शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएका छौँ,’ डिएसपी बस्नेतले भने, ‘हत्या गरेर फ्याँकेको अवस्थामा भिरमा शव भेटिएको हो । शवको अवस्था हेर्दा सडेगलेको अवस्थामा रहेकाले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’
हत्या आरोपमा चिचिला– ३ कै ३५ वर्षीय प्रदीप राईलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले जानकारी दिए । प्रदीप आफैँले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । विकास लामो समयदेखि आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । प्रहरीका अनुसार कात्तिक १८ गते भाइटीकाको दिन विकास र प्रदीपको झगडा भएको र प्रदीपले भिरबाट लडाएको अनुमान गरिएको छ ।
चिचिला–३ का गाउँलेहरूले केही दिनअगाडि विकासबाट गाउँ नै असुरक्षित भएको भनेर प्रहरीसमक्ष सुरक्षाको मागसमेत गरेका थिए । विकास विभिन्न मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
प्रतिकृया लेख्नुहोस्: