तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो ।
तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताए । “असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत हाल मुसलधारे वर्षा परेपछि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ”, उनले भने, “अहिले पानी प्रशस्त परेकाले अझै एक महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको छ ।”
गत वर्ष सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताए । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने उनले बताए । उनका अनुसार यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन घट्ने सो केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८१ - २०:०६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरसम्बन्धमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेर...
कार्तिक २८ गते, २०८१ - १९:४३
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफ...
कार्तिक २८ गते, २०८१ - १९:३७
काठमाडौं । अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्रा...
कार्तिक २८ गते, २०८१ - १९:२३
काठमाडौं । प्रतिनिधि सभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समय...
कार्तिक २८ गते, २०८१ - १९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । रास्वपाले पार्टीको विधानको धारा ७१ बमोजि...
कार्तिक २८ गते, २०८१ - १८:३३
काठमाडौं । अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनल...
कार्तिक २८ गते, २०८१ - १८:२७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी तिवारी टोलस्थित सडकमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको...
कार्तिक २८ गते, २०८१ - १८:२१
काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड...
कार्तिक २८ गते, २०८१ - १८:१७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सीपको विकास गर्ने उद्देश्यसहित ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाको...
कार्तिक २८ गते, २०८१ - १८:१२
काठमाडौं । वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपाल...
प्रतिकृया लेख्नुहोस्: