Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

खबरडबली संवाददाता

इलाम । चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो ।

सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण पूरा भएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । 

पन्ध्र कठ्ठा १० धुरमा तीनतले अस्पताल निर्माण गरिएको हो । अस्पताल भवन निर्माणसँगै मङ्सिर २ गतेदेखि चौबीसै घण्टा सेवा प्रवाह गर्नेगरी औपचारिक उद्घाटनको तयारी गरिएको छ ।

यसैबीच अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ । अस्पताल परिसरमा आयोजना गरएको महापुराण आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुने पुराण व्यवस्थापन समिति संयोजक जनक कोइरालाले जानकारी दिए । 

महापुराणमा मुख्यगरी हिन्दू, बौद्ध र किराँत धर्मका धर्मगुरुले कथावाचन एवं प्रवचन दिने बताए । गाउँपालिकामा पहिलोपटक १५ शय्याको अस्पताल निर्माण गरिए पनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । 

“अस्पतालको भवन निर्माण भइसकेको छ, तर उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा आर्थिक समस्याका कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन”, अध्यक्ष केरुङले भने, “अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ ।” 

महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चतता गर्न अक्षयकोषका लागि महापुराण आयोजना गरिएको बताए । 

“अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै ब्यहोर्नुपर्ने हुन्छ”, उनले भने, “गाउँपालिकाले धान्न नसक्ने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो ।” 

महापुराणमा श्रीमद् भागवत, पाठपारायणसँगै नियमित रूपमा भजनकीर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी, केवलकृष्ण अधिकारी, मुन्धुम अध्येता चन्द्रकुमार शेर्मासहित विभिन्न धर्मगुरुबाट आलोपालो गरी फरकफरक दिन प्रवचन सुनाउने व्यवस्था मिलाइएको पुराण व्यवस्थापन समिति सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिए । 

विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरूको समिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि महापुराणले योगदान पुर्याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending