काठमाडौँ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाउने भएका छन् ।
अमेरिकी मिडियाहरुले ट्रम्पले रुबियोलाई विदेशमन्त्री बनाउने तयारी गरेको उल्लेख गरेका छन् ।
यस अघि ट्रम्पको पहिलो कार्यकालमा जर्मनीको राजदुत बनेका उनका विश्वासपात्र रिक ग्रेनेललाई विदेशमन्त्री बनाउने चर्चा थियो ।
रुबियोलाई यसअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाउने पनि चर्चा थियो । रुबियो हाल सिनेटको इन्टेलिजेन्स कमिटी र वैदेशिक नीति कमिटीमा रहेका छन् । रुबियो हालै ट्रम्पले नियुक्त गरेका चिफ अफ स्टाफ सुसी वाइल्ससँग पनि राम्रो सम्बन्ध रहेको बताइएको छ ।
रुबियो रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार समेत बन्न खोजेका थिए । त्यसक्रममा ट्रम्पसँग सम्बन्ध बिग्रिएको भएपनि पछि उनले ट्रम्पसँगको सम्बन्ध सुधार गरेको बताइएको छ ।
उनले चीनप्रति कडा नीति अपनाउनु पर्छ भन्ने रिपब्लिकन नेता मध्ये पर्दछन् । इन्टेलिजेन्स कमिटीमा चिनियाँ प्रविधि प्रयोग गरेर उत्पादन गरेका ब्याट्रीमाथि कर बढाउने र टिकटकमा चीनको प्रभावको बारेमा कडा कदम चाल्नुपर्ने धारणा राख्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: