कोलम्बो । श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।
कार्ल मार्क्स र चे ग्वेभारालाई आफ्नो नायकका रूपमा लिने ५५ वर्षीय राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई देशको सबैभन्दा ठुलो र सबैभन्दा प्रभावशाली निजी क्षेत्रको व्यापार र उद्योग निकायको समर्थन छ । सन् २०२२ मा देशको आर्थिक मन्दीलाई लिएर सिर्जना भएको जनआक्रोशका कारण दिसानायकेले सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका थिए ।
सिलोन चेम्बर अफ कमर्स (सीसीसी) ले आर्थिक पुनरुत्थानका लागि आफ्ना प्रस्तावहरू पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को समाजवादी एजेन्डासँग मेल खाने बताएको छ । देशले डिसानायकेको नेतृत्वमा चीन वा भियतनामको आर्थिक मोडेलहरू पछ्याउन सक्ने व्यवसायीहरूले अनुमान गरेका छन् । अस्ट्रेलियास्थित भूराजनीतिक जोखिम विश्लेषण फर्म ट्रेसिंकका इमरान फुरकानले भने, “पहिलो कार्यकालमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको मामिलामा भियतनामभन्दा जेभिपीले धेरै राम्रो नीति अख्तियार गर्नेछ ।”
उनले भने, “लामो समयदेखि साम्यवादी रहेको भियतनामको तुलनामा श्रीलङ्कामा प्रजातन्त्रको गहिरो जरा गडेको छ ।” बिहीबारको संसदीय चुनावमा दिसानायकेको पार्टीले सहजै जित हासिल गर्ने र त्यसपछि उनका दक्षिणपन्थी पूर्ववर्ती रनिल विक्रमासिङ्घेले सुरु गरेको अलोकप्रिय मितव्ययिताका उपायहरू सहित सुधारहरू अघि बढाउने फुरकानले विश्वास व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: