दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि उनीहरूले तीन बिघा क्षेत्रफलमा सामूहिक रूपमा धान रोपाइँ गरेका छन्।
जनचेतना महिला कृषक समूह गठन गरेर खेती गर्दै आएका महिलाहरूले लिजमा लिएको जग्गामा धान उत्पादन गरिरहेका छन्। समूहकी अध्यक्ष तथा मुक्त कम्लहरी देवकुमारी चौधरीका अनुसार सामूहिक खेतीको मुख्य उद्देश्य महिलाको आयआर्जन बढाउनु र आर्थिक रूपमा आत्मनिर्भर बनाउनु हो।
धान भित्र्याएपछि सोही खेतमा आलु, प्याज, लसुन तथा अन्य तरकारी खेती गरेर अतिरिक्त आम्दानी गर्ने गरिएको उनले बताइन्। सामूहिक खेतीले सदस्यबीच सहकार्य, आत्मविश्वास र आर्थिक सशक्तीकरणसमेत बढाएको उनको भनाइ छ।
मंगलबार घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको नेतृत्वमा ३३ जनाको सहभागितामा धान रोपाइँ सम्पन्न गरिएको थियो।
रोपाइँपछि उपप्रमुख डिसीले मुक्त कम्लहरी महिलाको सामूहिक प्रयास प्रेरणादायी भएको बताउँदै यस्ता अभियानले महिलालाई संगठित र आत्मनिर्भर बनाउनुका साथै आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
स्थानीयवासीका अनुसार सामूहिक खेतीले उत्पादन वृद्धि, आयआर्जन र सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्दै मुक्त कम्लहरी महिलाको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: