Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान

खबरडबली संवाददाता

तेहरान । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गरेका छन् । इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उनको यो भ्रमण हुन लागेको हो । 

इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ । गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् । 

यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको छ । ग्रोसीले आफ्नो भ्रमणअघि एएफपीसँगको अन्तर्वार्तामा भने, “कुटनीतिक समाधानका उपाय खोज्नु अत्यावश्यक छ ।” आईएईएलाई इरानमा निरीक्षण गर्न अनुमति दिइएको भए तापनि ग्रोसीले इरानको आणविक कार्यक्रमको परिमाण र महत्वाकाङ्क्षालाई ध्यानमा राख्दै यसको ‘अधिक अनुगमन’ को आवश्यकतामा जोड दिए । 

“उनीहरूसँग धेरै आणविक सामग्री छन् जुन अन्ततः आणविक हतियार बनाउन प्रयोग गर्न सकिन्छ,” आईएईए प्रमुखले सीएनएनसँग भने, “उनीहरूसँग अहिले आणविक हतियार छैन ।” तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट सन् २०१८ मा पछि हटेका डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा पुनः निर्वाचित भएपछि ग्रोसीको यो भ्रमण हुन लागेको हो । 

ट्रम्पले गत हप्ता इरानलाई हानि पुर्‍याउन नचाहेको बरु त्यहाँका जनतासँग ‘निकै सफल देश’ होस् भन्ने चाहेको बताएका थिए । सन् २०१५ मा संयुक्त राज्य अमेरिकालगायत विश्वका प्रमुख शक्ति राष्ट्रहरूले इरानसँग २१ महिनाको वार्तापछि उसको आणविक कार्यक्रमबारे सम्झौता गरेका थिए ।
उक्त सम्झौतामा इरानले आणविक हतियार नखोज्ने ग्यारेन्टीको बदलामा इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने व्यवस्था गरिएको थियो । तर ट्रम्पले सन् २०१८ मा सम्झौताबाट पछि हट्दै इरानमाथि पुनः अमेरिकी प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । 

त्यसको एक वर्षपछि इरानले आणविक सम्झौताप्रतिको आफ्नो प्रतिबद्धतालाई क्रमशः फिर्ता लिन थाल्यो, जसले तेहरानलाई ३.६५ प्रतिशत शुद्धतामा युरेनियम संवर्धित गर्न मात्र अनुमति दियो । आईएईएका अनुसार इरानले आफ्नो संवर्धित युरेनियमको भण्डार ६० प्रतिशत पुर्याएको छ, जुन आणविक बम बनाउन आवश्यक पर्ने ९० प्रतिशतको हाराहारीमा छ ।

यही पृष्ठभूमिमा ग्रोसीले मे महिनायता पहिलो पटक इरानको भ्रमण गर्न लागेका हुन् । आईएईएले एक विज्ञप्ति जारी गर्दै इरानी सरकारसँग उच्चस्तरीय बैठक गर्ने र सबै पक्षमा प्राविधिक छलफल गर्ने जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...

आछाममा बलात्कृत दृष्टिविहीन महिलाले जन्माइन् बच्चा

आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...

झापामा खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...

कांग्रेसको महाधिवेशन निर्धारित मितिमा हुनु पर्छ: शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...

बजेट सम्मानजनक भएन: शर्मा

काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...

क्यानाडा टी–२० विश्वकपमा छनोट

काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...

बाजुरमा खोलाले बगाउँदा पूर्व वडा सदस्य बेपत्ता

बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...

अमेरिकाले इरानमा प्रहार गरेकाे बङ्कर–बस्टर बम के हो ?

बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending