तेहरान । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गरेका छन् । इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उनको यो भ्रमण हुन लागेको हो ।
इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ । गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् ।
यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको छ । ग्रोसीले आफ्नो भ्रमणअघि एएफपीसँगको अन्तर्वार्तामा भने, “कुटनीतिक समाधानका उपाय खोज्नु अत्यावश्यक छ ।” आईएईएलाई इरानमा निरीक्षण गर्न अनुमति दिइएको भए तापनि ग्रोसीले इरानको आणविक कार्यक्रमको परिमाण र महत्वाकाङ्क्षालाई ध्यानमा राख्दै यसको ‘अधिक अनुगमन’ को आवश्यकतामा जोड दिए ।
“उनीहरूसँग धेरै आणविक सामग्री छन् जुन अन्ततः आणविक हतियार बनाउन प्रयोग गर्न सकिन्छ,” आईएईए प्रमुखले सीएनएनसँग भने, “उनीहरूसँग अहिले आणविक हतियार छैन ।” तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट सन् २०१८ मा पछि हटेका डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा पुनः निर्वाचित भएपछि ग्रोसीको यो भ्रमण हुन लागेको हो ।
ट्रम्पले गत हप्ता इरानलाई हानि पुर्याउन नचाहेको बरु त्यहाँका जनतासँग ‘निकै सफल देश’ होस् भन्ने चाहेको बताएका थिए । सन् २०१५ मा संयुक्त राज्य अमेरिकालगायत विश्वका प्रमुख शक्ति राष्ट्रहरूले इरानसँग २१ महिनाको वार्तापछि उसको आणविक कार्यक्रमबारे सम्झौता गरेका थिए ।
उक्त सम्झौतामा इरानले आणविक हतियार नखोज्ने ग्यारेन्टीको बदलामा इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने व्यवस्था गरिएको थियो । तर ट्रम्पले सन् २०१८ मा सम्झौताबाट पछि हट्दै इरानमाथि पुनः अमेरिकी प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।
त्यसको एक वर्षपछि इरानले आणविक सम्झौताप्रतिको आफ्नो प्रतिबद्धतालाई क्रमशः फिर्ता लिन थाल्यो, जसले तेहरानलाई ३.६५ प्रतिशत शुद्धतामा युरेनियम संवर्धित गर्न मात्र अनुमति दियो । आईएईएका अनुसार इरानले आफ्नो संवर्धित युरेनियमको भण्डार ६० प्रतिशत पुर्याएको छ, जुन आणविक बम बनाउन आवश्यक पर्ने ९० प्रतिशतको हाराहारीमा छ ।
यही पृष्ठभूमिमा ग्रोसीले मे महिनायता पहिलो पटक इरानको भ्रमण गर्न लागेका हुन् । आईएईएले एक विज्ञप्ति जारी गर्दै इरानी सरकारसँग उच्चस्तरीय बैठक गर्ने र सबै पक्षमा प्राविधिक छलफल गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: