काठमाडौं । अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनले बुधबार एक दोषी ठहर गरिएका हत्यारालाई गोली हानेर मृत्युदण्ड दिएको हो ।
घटनास्थलमा रहेका एएफपीका एक पत्रकारका अनुसार पक्तिया प्रान्तको राजधानी गार्डेजमा हजारौं दर्शकको अगाडि पीडित परिवारका एक सदस्यले ती व्यक्तिको छातीमा तीन वटा गोली प्रहार गरेका थिए । मृत्युदण्ड दिनुभन्दा अघिल्लो साँझ गभर्नरको कार्यालयले अधिकारीहरू र बासिन्दाहरूलाई सामाजिक सञ्जालमा ‘यस कार्यक्रममा उपस्थित हुन’ आह्वान गरेको थियो ।
अफगानिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा एक हत्यारालाई प्रतिशोधात्मक सजाय सुनाइएको जनाएको छ । मृत्युदण्डको आदेशमा तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले हस्ताक्षर गरेका थिए । तालिबान सत्तामा आउनुअघि देखि नै हबिबुल्लाह सैफ उल कातल नामका एक व्यक्तिको हत्या गरेको अभियोगमा उनी हिरासतमा रहेका थिए भने तीनवटा सैन्य अदालतले यस मुद्दाको ‘निकै सटिक र पटक–पटक अनुसन्धान’ गरेका थिए ।
बयानमा भनिएको छ, “पीडित परिवारलाई मृत्युदण्डमा रोक लगाउने मौका दिइएको थियो, तर उनीहरूले अस्वीकार गरेका थिए ।” मृत्युदण्डदिने क्रममा गृहमन्त्री सिराजुद्दीन हक्कानीलगायत उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८१ - २१:०८
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकार...
मंसिर २९ गते, २०८१ - २०:५०
उदयपुर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकाे अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसह...
मंसिर २९ गते, २०८१ - २०:२३
काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा ...
मंसिर २९ गते, २०८१ - २०:११
काठमाडौं । घुससहित रंगेहात पक्राउ परेका धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाले सफाइ पाएका छन् । प्रशासकीय अधिकृत सावनकुमार...
मंसिर २९ गते, २०८१ - २०:००
त्रिवेणी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको...
मंसिर २९ गते, २०८१ - १९:४१
माेरङ । मोरङमा म्याजिक भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ ...
मंसिर २९ गते, २०८१ - १९:३६
काठमाडौं । फ्रास्वाँ बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन ग...
मंसिर २९ गते, २०८१ - १९:१८
काठमाडौं । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकट क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनल...
मंसिर २९ गते, २०८१ - १९:१४
सियोल । दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्ष...
मंसिर २९ गते, २०८१ - १९:००
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसाल चयन भएका छन् । प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनलाई पाखा लगाउँदै प...
प्रतिकृया लेख्नुहोस्: