Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गढीमाई मेला: 'नर बली' पछि मात्र हुन्छ पशु बली

खबरडबली संवाददाता

रौतहट । विश्व प्रसिद्ध बारास्थित गढीमाई पन्चवर्षीय मेलामा देवीलाई नर बली दिएपछि मात्र सुरु हुन्छ पशु बली । मन्दिरमा पशु बली सुरु हुनु अघि नर बली अर्थात मन्दिरका मुख्य तान्त्रिकको शरिरको ५ स्थानबाट रगत निकालेर देवी चढाउने परम्परा पूरा भएपछि मात्र पशु बली दिइने चलन रहेको छ। मानवको शरीरबाट रगत निकालेर चढाउने परम्परालाई नर वली भनिन्छ । 

पूर्व कालदेखि नै रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामी कछडिया,मूल पुजारी मंगल चौधरीसंग मिलेर गढीमाईको विशेष पुजा आराधाना गरेर धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकाली नर वली स्वरुप  चढाउँदै आएका छन् ।

मूल तान्त्रिक धामीको केही समय अघि निधन भएपछि मान्यता अनुसार यस पटक उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर गढीमाई लाई चढाउने बताएका छन्। त्यस अघि मन्दिरमा रातभरी पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा आफै बत्ती बल्छ, बत्ति बलेपछि मात्र पञ्चबलि हुने मुल पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।

त्यसपछि मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरि गढीमाई मन्दिरको पूर्व पट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पंन्च बली दिएपछि बलीको शुरुवात हुने गरेको गढीमाई मन्दिरका मुल पुजारी मङ्गल चौधरीले जानकारी दिएका छन्। 

मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा  गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताएका छन्।

परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । 

शक्ति स्वरुपा देवीलाई खुसी पार्न परापूर्वकालदेखि नैं बलि अनिवार्य भएको मानिदै आएको छ । हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला यस पटक गत असोज १७ गते घटस्थापनाको दिनदेखि विधिवत रुपमा सुरु भएको छ । यस पटकदेखि बिश्व प्रसिध्द गढीमाई मन्दिरमा बिशेष पूजाको ब्यवस्था गरिएको छ।  गढीमाई मन्दिरमा सुरु भएको पंचवर्षीय मेलामा दर्शन गर्न आउने भक्तजनको सुबिधाको लागी पहिलो पटक सशुल्क बिशेष पूजाको ब्यवस्था गरिएको हो । 

विशेष पूजाका लागि प्रति व्यक्ति पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बिशेष पूजा गर्न टिकट काट्नेलाई दर्शन र पूजा गर्न सहज हुने मेला समितिले जनाएको छ।मेलाको मुख्य आकर्षण पशु बलि अगामी मंसिर महिनामा तय गरिएको छ । महागढीमाई नगरपालिकाका मेयर एवं मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले  मन्दिरमा विशेष पूजाका लागि यो शुल्क निर्धारण गरिएको जानकारी दिएका छन् । 

मन्दिर सञ्चालन तथा विकास समिति, मेला सञ्चालन समिति र मन्दिरका पूजारीहरूको संयुक्त बैठकपछि निर्णय गरिएको थियो।

गढीमाईको मूर्ति स्पर्श गरी पूजापाठ गर्न इच्छुक भक्तजनहरूका लागि मात्रै शुल्क लाग्ने तथा सर्वसाधारणका लागि कुनै शुल्क नलाग्ने मेला समितिले जनाएको छ । भारतको महत्वपूर्ण मन्दिरहरूमा पनि बिशेष पूजाको लागि शुल्क लिने गरिएको उदाहरण दिँदै अध्यक्ष यादवले यसलाई वादविवादको बिषय नबनाउन मेयर यादवले आग्रह गरेका छन्।

विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सन्तान प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको, धनधान्य प्राप्ति तथा ईच्छा पुरा गर्न  भाकल गर्नेहरुले बली दिने गरेको मेला समितिले जनाएको छ।

अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि दिइएको थियो । बोका, राँगाको बलि नदिने भक्तजनहरुले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।

मेलाको सम्पुर्ण तयारी अघि  बढिरहेको  मेला समितिका अध्यक्ष मेयर उपेन्द्र यादवले भारत बाहेक अन्य २० देखि २५ मुलुकका दर्शनार्थीहरुले समेत मेलामा भाग लिने जानकारी दिएका छन् । 

दर्शनार्थीहरुका लागि बास, न्यान्योका लागि ठाउँ-ठाउँमा दाउरा बाल्ने, सडक निर्माण, २७ वटा घुम्ती शौचालय, १ हजार अस्थाई शौचालय निर्माण, बिजुली बत्तीको भरपुर व्यवस्था, शुद्ध खानेपानी, , भन्सारमा भारतीय गाडीहरूलाई सहज रुपमा  प्रवेश ,  महिला र पुरुषका लागि छुट्टा छुट्टै दर्शन गर्न लाइनको व्यवस्था सँगै हजारौँको सङ्ख्यामा स्वयं सेवक  परिचालन गर्ने मेला समितिका अध्यक्ष यादवले बताए ।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्।  पशु बलिको रिपोर्टिङ गर्न संसारकै ठूला मिडियाका रिपोर्टरहरु गढीमाई केन्द्रित हुने गर्दछन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending