Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

गढीमाई मेला: 'नर बली' पछि मात्र हुन्छ पशु बली

खबरडबली संवाददाता

रौतहट । विश्व प्रसिद्ध बारास्थित गढीमाई पन्चवर्षीय मेलामा देवीलाई नर बली दिएपछि मात्र सुरु हुन्छ पशु बली । मन्दिरमा पशु बली सुरु हुनु अघि नर बली अर्थात मन्दिरका मुख्य तान्त्रिकको शरिरको ५ स्थानबाट रगत निकालेर देवी चढाउने परम्परा पूरा भएपछि मात्र पशु बली दिइने चलन रहेको छ। मानवको शरीरबाट रगत निकालेर चढाउने परम्परालाई नर वली भनिन्छ । 

पूर्व कालदेखि नै रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामी कछडिया,मूल पुजारी मंगल चौधरीसंग मिलेर गढीमाईको विशेष पुजा आराधाना गरेर धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकाली नर वली स्वरुप  चढाउँदै आएका छन् ।

मूल तान्त्रिक धामीको केही समय अघि निधन भएपछि मान्यता अनुसार यस पटक उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर गढीमाई लाई चढाउने बताएका छन्। त्यस अघि मन्दिरमा रातभरी पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा आफै बत्ती बल्छ, बत्ति बलेपछि मात्र पञ्चबलि हुने मुल पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।

त्यसपछि मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरि गढीमाई मन्दिरको पूर्व पट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पंन्च बली दिएपछि बलीको शुरुवात हुने गरेको गढीमाई मन्दिरका मुल पुजारी मङ्गल चौधरीले जानकारी दिएका छन्। 

मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा  गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताएका छन्।

परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । 

शक्ति स्वरुपा देवीलाई खुसी पार्न परापूर्वकालदेखि नैं बलि अनिवार्य भएको मानिदै आएको छ । हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला यस पटक गत असोज १७ गते घटस्थापनाको दिनदेखि विधिवत रुपमा सुरु भएको छ । यस पटकदेखि बिश्व प्रसिध्द गढीमाई मन्दिरमा बिशेष पूजाको ब्यवस्था गरिएको छ।  गढीमाई मन्दिरमा सुरु भएको पंचवर्षीय मेलामा दर्शन गर्न आउने भक्तजनको सुबिधाको लागी पहिलो पटक सशुल्क बिशेष पूजाको ब्यवस्था गरिएको हो । 

विशेष पूजाका लागि प्रति व्यक्ति पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बिशेष पूजा गर्न टिकट काट्नेलाई दर्शन र पूजा गर्न सहज हुने मेला समितिले जनाएको छ।मेलाको मुख्य आकर्षण पशु बलि अगामी मंसिर महिनामा तय गरिएको छ । महागढीमाई नगरपालिकाका मेयर एवं मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले  मन्दिरमा विशेष पूजाका लागि यो शुल्क निर्धारण गरिएको जानकारी दिएका छन् । 

मन्दिर सञ्चालन तथा विकास समिति, मेला सञ्चालन समिति र मन्दिरका पूजारीहरूको संयुक्त बैठकपछि निर्णय गरिएको थियो।

गढीमाईको मूर्ति स्पर्श गरी पूजापाठ गर्न इच्छुक भक्तजनहरूका लागि मात्रै शुल्क लाग्ने तथा सर्वसाधारणका लागि कुनै शुल्क नलाग्ने मेला समितिले जनाएको छ । भारतको महत्वपूर्ण मन्दिरहरूमा पनि बिशेष पूजाको लागि शुल्क लिने गरिएको उदाहरण दिँदै अध्यक्ष यादवले यसलाई वादविवादको बिषय नबनाउन मेयर यादवले आग्रह गरेका छन्।

विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सन्तान प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको, धनधान्य प्राप्ति तथा ईच्छा पुरा गर्न  भाकल गर्नेहरुले बली दिने गरेको मेला समितिले जनाएको छ।

अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि दिइएको थियो । बोका, राँगाको बलि नदिने भक्तजनहरुले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।

मेलाको सम्पुर्ण तयारी अघि  बढिरहेको  मेला समितिका अध्यक्ष मेयर उपेन्द्र यादवले भारत बाहेक अन्य २० देखि २५ मुलुकका दर्शनार्थीहरुले समेत मेलामा भाग लिने जानकारी दिएका छन् । 

दर्शनार्थीहरुका लागि बास, न्यान्योका लागि ठाउँ-ठाउँमा दाउरा बाल्ने, सडक निर्माण, २७ वटा घुम्ती शौचालय, १ हजार अस्थाई शौचालय निर्माण, बिजुली बत्तीको भरपुर व्यवस्था, शुद्ध खानेपानी, , भन्सारमा भारतीय गाडीहरूलाई सहज रुपमा  प्रवेश ,  महिला र पुरुषका लागि छुट्टा छुट्टै दर्शन गर्न लाइनको व्यवस्था सँगै हजारौँको सङ्ख्यामा स्वयं सेवक  परिचालन गर्ने मेला समितिका अध्यक्ष यादवले बताए ।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्।  पशु बलिको रिपोर्टिङ गर्न संसारकै ठूला मिडियाका रिपोर्टरहरु गढीमाई केन्द्रित हुने गर्दछन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending