जकार्ता । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् ।
विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो । मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ । यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ ।
विमानस्थललका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताएका छन् । ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुदाँ यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो ।
विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - २१:०१
गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेव...
मंसिर १८ गते, २०८१ - २०:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्...
मंसिर १८ गते, २०८१ - २०:३३
दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल ...
मंसिर १८ गते, २०८१ - २०:२७
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले आफु सभपति भए कसैलाई काखा र पाखा नगर्ने बताएका छन् । उनले पार्टी अगामी महाधिवेशनपछि पार्टी...
मंसिर १८ गते, २०८१ - २०:०८
रौतहट । रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।...
मंसिर १८ गते, २०८१ - २०:०१
अछाम । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ पर...
मंसिर १८ गते, २०८१ - १९:५८
कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी आठजना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ ...
मंसिर १८ गते, २०८१ - १९:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे वेला चीन र नेपालीबीच नाै वटा सहमती र समझदारी भएकाे छ । नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति ...
मंसिर १८ गते, २०८१ - १९:३९
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अ...
मंसिर १८ गते, २०८१ - १९:३१
तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् ...
प्रतिकृया लेख्नुहोस्: