Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सिरहामा नवजात शिशुको मृत्यु प्रकरणको अनुसन्धान गर्दै प्रहरी

खबरडबली संवाददाता

सिरहा । औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । 

परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ । 

अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ । “सुत्केरीको माइती पक्षबाट जाहेरी त अहिलेसम्म दिनुभएको छैन, तर घटनाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धान गरिदिन अनुरोध गरेपछि अहिले हामी घटनाको अनुसन्धान गर्दै छौँ”, इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । 

के भएको थियो घटना ?

राधादेवीको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बिहीबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । अस्पतालका सञ्चालक डा तेजशङ्कर यादवका अनुसार सुत्केरी व्यथा लागेपछि राधादेवी प्रादेशिक अस्पताल सिरहाबाट पठाइ उक्त अस्पतालमा आउनुभएको थियो ।  

“बच्चा उल्टो अवस्थामा रहेकाले आमा र बच्चाको अवस्था गम्भीर भएकाले सिरहा अस्पतालले पठाएको र सबै रिपोर्ट हेरेपछि आमालाई भए पनि बचाउन सकिन्छ भनेर हामीले बिरामीका परिवारलाई जानकारी गरायौँ”, अस्पतालका सञ्चालक यादवले भने। 

उनका अनुसार आमालाई भए पनि बचाउनुस् भन्ने परिवारको सल्लाहबमोजिम सबै प्रक्रिया पूरा गरी हामीले आमाको शल्यक्रियामार्फत बच्चा सकुशल निकाल्न सफल भयौँ । 

तर, कम तौलको जीवित बच्चा जन्मिए पनि बच्चा रुने कराउने केही थिएन । भेन्टिलेसनमा राखेर बच्चाको उपचार गराए बचाउन सकिने सल्लाहअनुसार उहाँहरूले बच्चालाई एम्बुलेन्समा राखेर अन्यन्त्र अस्पताल लगे। 

बर्धमान अस्पतालमा सघन उपचार कक्ष खाली नभएपछि लहानको सप्तऋषि अस्पतालमा बच्चालाई लिएर गएको राधादेवीकी सासू जलेश्वरी दासले जानकारी दिए । 

बच्चा अस्पतालमा पुग्दा लहानका अस्पतालले मृत घोषणा गरिदिएपछि उतैबाट आफैँले स्थानीय गागनखोलामा बच्चाको अन्तिम संस्कार गरेको बताए । 

यसबारे राधादेवीको माइतीका दाइ राहुल पटेलले अनावश्यक बखेडा झिकेर घटनालाई गिजोलेको स्वयं आधादेवीको सासूको भनाइ छ । उनले भने, “आमाको भए पनि उहाँहरु (डाक्टर)ले ज्यान बचाउनुभयो । अस्पतालाई दोष दिने ठाउँ कतै छैन । चार दिनदेखि आमाको उपचार यही अस्पतालमा गराइरहेका छौँ ।” 

बच्चा बचाउन नसकेकामा उनले दुःख व्यक्त गरे । अस्पताल प्रशासनका अनुसार केटा र केटीबीच अन्र्तजातीय विवाहका कारण घरायसी द्वन्द्वको रुप प्रकट भएको हो । यस कारणले अस्पतालाई कुनै किसिमको आक्षेप नलगाउन अस्पताल प्रशासनले आग्रह गरेको छ । सुत्केरी राधादेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending