Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

रविबारे ओली- वासिङ मेसिनमा तीनपल्ट धोएजस्तो कुरा गर्थे, समितिले नामै तोकेर कारबाही गर्नू भन्यो

'रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मैले गरीखाने ठाउँ मिलाइदिएको थिएँ, राम्रै गरिदिन खोजेको हो'

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई छानबिन समितिले सिफारिस गरेअनुसार कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। 

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा बोल्दै वासिङ मेसिनमा तीनपल्ट धोएजस्तो कुरा गरेपनि समितिले नामै तोकेर कारबाही गर्नू भनेको बताए। 

रविबारे ओलीको भनाइजस्ताको तस्तैः 

एउटा रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मकहाँ आउनुभयो र (भन्नुभयाे) ‘मलाई कुनै जब दिनुपर्‍यो। अफ्ठ्यारामा छु।’

मैले भनेँ- के जानेको छ? ‘अलि बोल्ने कला छ।’ मैले पनि कला होला भन्ठानेँ। ‘र म पत्रकारिता गर्न सक्छु।’ 

त्यसो भए म बाबुकै लागि एउटा प्रोग्राम राख्छु, सिधाकुरा प्रधानमन्त्रीसँग। त्यसको पैसा पनि एनटीभीलाई तिर्नुपर्दैन, त्यो मेरो प्रोग्राम हो। विज्ञापन उठाएर जीविका चलाऊ भनेपछि दुईचार लाख, पाँच दस लाख उठाएर जीविका चलाउने बाटो त्यहाँ बन्यो।

उहाँले अलि कराउन सिकेको त्यहीँ हो। त्यसपछि म हटेपछि प्रचण्डजीले निकालिदिनुभयो। न्युज ट्वान्टी फोर कि के भन्नेमा जानुभयो। त्यहाँ बसेर नबोल्ने, उभिएर मच्चीमच्ची कराउने सिक्नुभयो। त्यो डेभलप गर्नुभयो।

यसबीचमा केके केके केस लागे, त्यो मेरो रुचिको विषय होइन। मैले राम्रै गरिदिन खोजेको हो। त्यसपछि पार्टी खोल्छु भन्नुभयो। खोल बाबु (भनेँ)। हाहु गर्नुभयो, मैले साथै दिएँ। 

मैले साँच्चै के भने रविले यत्रो सहकारीमा केके गरेको छ भन्ने विश्वास त के, आशंका पनि थिएन, साँच्चै। यत्रो पूरै वासिङ मेसिनमा पनि तीनपल्ट धोएजस्तो कुरा गर्छन्। कसरी ठान्ने मैले, मैले ठानिनँ।

छानबिन समिति बनाउनुपर्छ भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि ‘यसरी समिति बनाउनुहुँदैन, यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एकजना व्यक्तिको रूपमा उठाउनुहुन्न’ भनेँ।

पछि रवि आफैले के भन्नुभयो भने ‘केही छैन मलाई, समिति बनाऔँ।’ सर्वदलीय बैठकमै पनि बोल्नुभयो- छानबिन समिति बनाइयोस्। उहाँ चम्किनुभयो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो र ‘उहाँले नै भन्नुभएको छ भने बनाऊँ’ भन्नुभयो।

म त समहत छैन तर तपाईँहरू भन्नुहुन्छ भने समिति बनाऊँ मानिदिन्छु। समिति बनाएको त तोकेर भन्यो। जहाँ उहाँको पार्टीको र अरु पार्टीको पनि सदस्य हुनुन्छ। माओवादी पार्टीको पनि हुनुहुन्छ।

नाम तोकेर ‘कारबाही गर्नू’ भनेर सिफारिस भयो। त्यो प्रहरीमा पुग्यो। सभामुखलाई दिएपछि त्यो सरकारलाई, गृहमन्त्रीलाई पठाउनुभयो होला। त्यो त मेरो हातमा पर्ने कुरा पनि भएन। त्यो त अब ब्युरोक्रेसीको हातमा गयो। प्रहरीमा गयो कि गृह मन्त्रालय गयो कि? छानबिन अध्ययनको क्रम सुरु भयो।

छानबिन अध्ययनको क्रम सुरु भएपछि उहाँलाई गिरफ्तार गरेर कारबाही गर्ने अवस्था सम्मानित अदालतले देख्यो। 

उहाँलाई इन्क्वायरी (अनुसन्धान)का लागि त्यहाँ राखेको छ। निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ। मैले गरेर सफाइ पाएको होइन है त्यो, सफाइ पाउनुभयो भने। पर्नुभयो भने मैले गरेर परेको होइन है, उहाँका कर्मले पर्‍या हो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending