Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

विभाजनको बाटोतर्फ कांग्रेस

खबरडबली संवाददाता

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब बढाएसँगै कांग्रेस विभाजनको बाटोमा पुगेको हो । गत १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी २६–२८ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

एक महिनाबढी समयसम्म चलेको सो बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो । विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टु ंगो लगाएका थिए । तर, तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाविधेशनका माग चर्किंदै जाँदा पार्टी नै विभाजन हुने डिलमा पुगेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्ष नियमित महाधिवेशन २१ फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा छ ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा छन् । तर, नियमित महाधिवेशन तोकिएकै मितिमा हुने नदेखिएपछि थापा–शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्र्ने रणनीतिसाथ अगाडि बढेको छ । महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति नै जारी गरेर ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगन’ घोषणा गरेर विशेष महाधिवेशन तयारी थालेका छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षधर नेतासँग ‘औपचारिक छलफल नै नगरी एकलौटी स्थगन गरेको’ भन्दै संस्थापन पक्षका नेता विशेष महाधिवेशन ‘सकेसम्म रोक्ने, रोक्न नसके कार्यकर्ता छेक्ने’ रणनीतिमा जुटेका छन् ।

थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि काठमाडौं भृकुटीमण्डपको हल, बगैंचा ‘बुक’ गरेका छन् । २७ र २८ पुसका लागि ‘हल बुक’ गरिए पनि विशेष महाधिवेशन गर्ने’bout केन्द्रीय समितिले कुनै निर्णय नै गरेको छैन । नियमित महाधिवेशन गर्ने निर्णय गरिए पनि तोकिएकै मितिमा नहुने निश्चित भएको छ । हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा गाउँ, नगरको वडा अधिवेशन, १७ पुसमा पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर कांग्रेस वडा र पालिका अधिवेशन तोकिएकै मितिमा गर्न असफल भयो । १९ पुस (शनिबार)मा प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुसमा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, २२ पुसमा र प्रदेश अधिवेशन २३ र २४ पुसमा अधिवेशन गरेर १५औं केन्द्रीय अधिवेशन २६–२८ पुस काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो ।

तर सो कार्यतालिकाअनुसार नभएपछि महाधिवेशन पनि अनिश्चित बनेको छ । महाधिवेशन अनिश्चित भएपछि थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि हल नै ‘बुक’ गरेर अगाडि बढेको छ । महाधिवेशन’bout थापा र शर्माले सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गर्न खोजेका थिए । तर, कार्यव्यस्तताका कारण देखाउँदै देउवाले भेट गर्न अस्वीकार गरेका छन् । ‘महाधिवेशन चुनावअघि कि पछि गर्ने ?’ विषयमा कांग्रेसभित्र चर्को विवाद छ ।

नियमित महाधिवेशन तोकिएकै समय हुन नसक्दा विशेष महाधिवेशन गर्नुपर्र्ने आवाज चर्किंदै गएको छ । तर कांग्रेसभित्र क्रियाशील सदस्यता टगो नै लाग्न सकेको छैन । क्रियाशील सदस्यतासम्बन्धी समिति संयोजक महामन्त्री गगन थापा आफैं छन् । तर थापाले ‘क्रियाशील सदस्यता कहिले टुंगो लगाउने ?’ भन्ने प्रश्न कांग्रेसभित्र उठेको छ । यता, महामन्त्री थापाले भने ‘५४ प्रतिशत प्रतिनिधिको सर्मथन’ भन्दै विशेष महाधिवेशन अडानमा छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending