काठमाडौं । दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
शुक्रबार शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो।
गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज३३८ नम्वर जिप सडकबाट तीन सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहाल बताए।
घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।
दुईजनाको परिचय खुलेकोे छैन ।
दुर्घटनामा परी घाइते भएका चार जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
जिपमा सवार १२ जना खुलेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ०७:२२
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबा...
पौष ११ गते, २०८१ - ०७:१९
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा ...
पौष ११ गते, २०८१ - ०७:१५
काठमाडौँ । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिर...
पौष ११ गते, २०८१ - ०६:५८
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्य...
पौष ११ गते, २०८१ - ०६:५३
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदद...
पौष १० गते, २०८१ - ०९:३५
काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्...
पौष १० गते, २०८१ - ०९:२९
मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेक...
पौष १० गते, २०८१ - ०९:१४
तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । ...
पौष १० गते, २०८१ - ०८:२२
काठमाडौं । मोरङको कटहरी गाउँपालिका २ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार भएको खुलेका छ। बलात्कारको आरोपमा प्रहरीले एक भारतीयसहित तीन...
पौष १० गते, २०८१ - ०८:१२
हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ। सोमवार रातिदेखि जिल्लामा हिमपात...
प्रतिकृया लेख्नुहोस्: