काठमाडौं । नेपालले आजदेखि बंगलादेश बिजुली निर्यात गर्दैछ। नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो १२ः४५ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी बंगलादेश विद्युत निर्यात सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
गत असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने बताए । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न लागिएको उनले बताए।
आज एकदिन बिजुली बेचेपछि अब एकैचोटि अर्को वर्ष जुन १५ मा बंगलादेश विद्युत् निर्यात गरिनेछ। त्यसपछि भने बिजुली निर्यात नियमित हुने घिसिङले जानकारी दिएका छन्।
बंगलादेशलाई बिजुली बेच्दा देशलाई प्रतिमहिना झन्डै ३३ करोड आम्दानी हुने विद्युत् प्राधिकरणले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ०६:५८
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्य...
पौष ११ गते, २०८१ - ०६:५३
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदद...
पौष १० गते, २०८१ - ०९:३५
काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्...
पौष १० गते, २०८१ - ०९:२९
मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेक...
पौष १० गते, २०८१ - ०९:१४
तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । ...
पौष १० गते, २०८१ - ०८:२२
काठमाडौं । मोरङको कटहरी गाउँपालिका २ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार भएको खुलेका छ। बलात्कारको आरोपमा प्रहरीले एक भारतीयसहित तीन...
पौष १० गते, २०८१ - ०८:१२
हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ। सोमवार रातिदेखि जिल्लामा हिमपात...
पौष १० गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख ...
पौष १० गते, २०८१ - ०७:४७
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत ग...
पौष १० गते, २०८१ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ...
प्रतिकृया लेख्नुहोस्: