काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले निःशुल्क दिएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मीहरूको समूहले सडकमा छाडिएका बेवारिसे गाईबाच्छा जम्मा गरी आश्रय दिएका छन् ।
बेबारिसे गाईबाच्छाको संरक्षणका लागि गुइँठा र कम्पोष्ट मल बिक्रीबाट जम्मा हुने रकमबाट पनि सहयोग पुगेको अभियानकर्मी भगवान पुडासैनीले बताए । गोठाटारमा हाल करिब दुई सय गाईबाच्छा संरक्षण गरिँदै आएको छ । बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ ।
बेवारिसे गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र छोडिएका गाईबाछाको उद्धारमात्र गरिरहेकोे छैन, माटो बचाउ अभियानलाई समेत योगदान पुर्याइरहेको छ । उच्चस्तरीय कम्पोष्ट मलको उत्पादन र बिक्री वितरण पनि गर्दै आइरहेको छ । यसका साथै गोेबरबाट गुइँठा उत्पादन गर्दै बिक्री वितरण गरिरहेको पनि उनले सुनाए । प्रतिगुइँठा १० को रु एक सय तथा मल प्रतिकेजी रु २५ मा बिक्री भइरहेको छ ।
यसबाट प्राप्त हुने रकमबाट गाईबाच्छाको संरक्षणमा थोरै भए पनि योगदान पुगेको स्थापनाकालदेखि गाई गोठको संयोजन गर्दै आएका अभियानकर्मी उत्तम पुडासैनीले बताए । अभियानले गुइँठा र कम्पोष्ट मलको आवश्यकता पर्नेलाई घरमै लगिदिने व्यवस्था गरिएको पनि उनले जानकारी गराए । गुइँठाको धुवाँले प्रकृति विनाश गर्दैन, डेङ्गीबाट बच्न र बचाउन घर परिसरमा गुइँठा बाल्नु उपयुक्त हुन्छ भने कौशीखेती वा करेसाबारीका लागि अग्र्यानिक मल प्रयोग गर्दा विषादीरहित अग्र्यानिक उत्पादन हुने गरेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: