Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु

खबरडबली संवाददाता

काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुँदै गएपछि वायु प्रदुषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जिआरएपी)-३ प्रतिबन्धहरू लागू गरिएको छ । शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो ।

पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दामाथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदुषण 'गम्भीर' श्रेणीमा रेकर्ड गरिएको छ । प्रदूषणको गम्भीर अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पाँच कक्षासम्मका विद्यालयहरू अर्को आदेशसम्मका लागि बन्द गर्ने आदेश दिएको छ, यद्यपि अनलाइन कक्षाहरू भने जारी रहनेछन् । 

दिल्लीकी मुख्यमन्त्री आतिशीले सहरमा बढ्दो प्रदूषण स्तरका कारण अर्को आदेश नभएसम्म प्राथमिक विद्यालयको कक्षाहरू अनलाइन बनाइएको जानकारी दिएकी छन् । वायु गुणस्तर व्यवस्थापन आयोग (सिक्यूएम)ले बिए-३ पेट्रोल र बिएस-४ डिजेलमा चल्ने गाडीहरू गुरुग्राम, फरिदाबाद, गाजियाबाद र दिल्ली र एनसिआरको नोएडामा प्रतिबन्ध लगाएको छ ।

जाडोमा, दिल्ली एनसीआरमा वायु प्रदुषणको अवस्था खराब श्रेणीमा पुग्ने गरको छ । यसलाई नियन्त्रण गर्न, जिआरएपी चार चरणमा लागू गरिएको छ । वायु प्रदुषणको स्तर २०१ देखि ३०० सम्मको अवस्थामा जिआरएपी-१ लागू गरिन्छ भने ३०१ देखि ४०० सम्मको अवस्थामा जिआरएपी-२ लागू गरिन्छ ।

त्यस्तै, वायु प्रदुषणको स्तर (एक्युआई) ४०१ देखि ५०० पुगेको अवस्थामा जिआरएपी-३ तथा नियमित रुपमा वायु प्रदुषणको स्तर ४५० नाघेमा जिएमएपी-४ लागू गर्ने सरकारले यसअघि नै मापदण्ड बनाएको छ । यस वर्ष अक्टोबरमा, दिल्लीमा जीआरएपी-२ लागू गरिएको थियो किनभने त्यति बेला एक्युआई ३०० भन्दामाथि पुगेको थियो ।

जिआरएपी-३ मा के के प्रतिबन्ध छन् ?

शुक्रबारदेखि दिल्ली एनसिआरमा जिआरएपी-३ लागू गर्ने घोषणा गरेसँगै यसअन्तर्गत भवन निर्माण र भत्काउन रोक लगाइएको छ । तर, अत्यावश्यक र राष्ट्रिय सुरक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधार आयोजनाहरू यसबाट छुट छन् ।

पूरै एनसिआरमा ढुङ्गा क्रसिङमा प्रतिबन्ध लगाइएको छ। सहरमा चल्ने सवारी साधनमा कडा प्रतिबन्ध लगाइएको छ । दिल्ली र एनसीआर सहर, गुरुग्राम, फरिदाबाद, गाजियाबाद र नोएडामा बिएस-३ र बिएस-४ उत्सर्जन मापदण्ड भएका सवारी साधनहरूलाई चलाउन प्रतिबन्ध लगाइएको छ ।

डिजेलबाट चल्ने जेनेरेटर सेटको अतिरिक्त, स्वीकृत मापदण्डको इन्धन प्रयोग नगर्ने उद्योगहरू सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । तर, अत्यावश्यक वस्तु आपूर्ति गर्ने कार्गो सवारी साधनलाई भने यसबाट छुट दिइएको छ । अन्य राज्यका ती बसहरू जुन विद्युतीय सवारीसाधन, सिएनजी वा बिएस-६ मापदण्डका छैनन्, उनीहरूलाई दिल्ली प्रवेश गर्न नदिइने बताइएको छ ।

यसका साथै छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रवर्द्धन गर्न र निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायातलाई प्राथमिकता दिन सुझाव दिइएको छ । त्यस्तै, वेल्डिङ र ग्यास काट्न प्रतिबन्धित छ । यद्यपि, साना वेल्डिङ गतिविधिहरू जारी राख्न अनुमति दिइएको छ । घरहरूमा सानातिना मर्मतबाहेक, सिमेन्ट, प्लास्टर वा अन्य कोटिङ्सको प्रयोग समावेश रंग, पालिस र वार्निसिङ कार्यहरू निषेधित छन् ।

त्यसैगरी, टाइल्स, ढुङ्गा आदि काट्ने वा भाँच्न र वाटरप्रुफिङको काममा रोक लगाइएको छ । सडक सफा गर्न स्वीपिङ मेसिन प्रयोग गर्नुपर्नेछ र धुलो शान्त गर्न नियमित पानी छर्किनुपर्ने बताइएको छ  ।भिडभाड हुने समयमा अन्य क्षेत्रको तुलनामा बढी चहलपहल हुने वा प्रदुषणको स्तर बढी भएका सडकमा दैनिक पानी छर्कने व्यवस्था गर्नुपर्नेछ । साथै, घरबाट काम गर्न सक्नेहरूलाई घरबाट काम गर्ने विकल्प रोज्न सल्लाह दिइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार शुक्रबार बिहान ७ बजे दिल्लीका धेरैजसो ठाउँमा एक्युआई ४०० भन्दामाथि र धेरै ठाउँमा ४५० भन्दाबढी थियो, जुन प्रदुषणको 'गम्भीर' श्रेणीमा पर्दछ ।

स्वीट्जरल्याण्डमा आधारित वायु गुणस्तर सूचकांक अनुगमन समूह आइक्युएयरका अनुसार बिहीबार दिल्लीमा औसत पिएम २.५ एकाग्रता २५४ थियो, जुन डब्लुएचओको मापदण्ड भन्दा १५ गुणा बढी हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE