Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु

खबरडबली संवाददाता

काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुँदै गएपछि वायु प्रदुषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जिआरएपी)-३ प्रतिबन्धहरू लागू गरिएको छ । शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो ।

पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दामाथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदुषण 'गम्भीर' श्रेणीमा रेकर्ड गरिएको छ । प्रदूषणको गम्भीर अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पाँच कक्षासम्मका विद्यालयहरू अर्को आदेशसम्मका लागि बन्द गर्ने आदेश दिएको छ, यद्यपि अनलाइन कक्षाहरू भने जारी रहनेछन् । 

दिल्लीकी मुख्यमन्त्री आतिशीले सहरमा बढ्दो प्रदूषण स्तरका कारण अर्को आदेश नभएसम्म प्राथमिक विद्यालयको कक्षाहरू अनलाइन बनाइएको जानकारी दिएकी छन् । वायु गुणस्तर व्यवस्थापन आयोग (सिक्यूएम)ले बिए-३ पेट्रोल र बिएस-४ डिजेलमा चल्ने गाडीहरू गुरुग्राम, फरिदाबाद, गाजियाबाद र दिल्ली र एनसिआरको नोएडामा प्रतिबन्ध लगाएको छ ।

जाडोमा, दिल्ली एनसीआरमा वायु प्रदुषणको अवस्था खराब श्रेणीमा पुग्ने गरको छ । यसलाई नियन्त्रण गर्न, जिआरएपी चार चरणमा लागू गरिएको छ । वायु प्रदुषणको स्तर २०१ देखि ३०० सम्मको अवस्थामा जिआरएपी-१ लागू गरिन्छ भने ३०१ देखि ४०० सम्मको अवस्थामा जिआरएपी-२ लागू गरिन्छ ।

त्यस्तै, वायु प्रदुषणको स्तर (एक्युआई) ४०१ देखि ५०० पुगेको अवस्थामा जिआरएपी-३ तथा नियमित रुपमा वायु प्रदुषणको स्तर ४५० नाघेमा जिएमएपी-४ लागू गर्ने सरकारले यसअघि नै मापदण्ड बनाएको छ । यस वर्ष अक्टोबरमा, दिल्लीमा जीआरएपी-२ लागू गरिएको थियो किनभने त्यति बेला एक्युआई ३०० भन्दामाथि पुगेको थियो ।

जिआरएपी-३ मा के के प्रतिबन्ध छन् ?

शुक्रबारदेखि दिल्ली एनसिआरमा जिआरएपी-३ लागू गर्ने घोषणा गरेसँगै यसअन्तर्गत भवन निर्माण र भत्काउन रोक लगाइएको छ । तर, अत्यावश्यक र राष्ट्रिय सुरक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधार आयोजनाहरू यसबाट छुट छन् ।

पूरै एनसिआरमा ढुङ्गा क्रसिङमा प्रतिबन्ध लगाइएको छ। सहरमा चल्ने सवारी साधनमा कडा प्रतिबन्ध लगाइएको छ । दिल्ली र एनसीआर सहर, गुरुग्राम, फरिदाबाद, गाजियाबाद र नोएडामा बिएस-३ र बिएस-४ उत्सर्जन मापदण्ड भएका सवारी साधनहरूलाई चलाउन प्रतिबन्ध लगाइएको छ ।

डिजेलबाट चल्ने जेनेरेटर सेटको अतिरिक्त, स्वीकृत मापदण्डको इन्धन प्रयोग नगर्ने उद्योगहरू सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । तर, अत्यावश्यक वस्तु आपूर्ति गर्ने कार्गो सवारी साधनलाई भने यसबाट छुट दिइएको छ । अन्य राज्यका ती बसहरू जुन विद्युतीय सवारीसाधन, सिएनजी वा बिएस-६ मापदण्डका छैनन्, उनीहरूलाई दिल्ली प्रवेश गर्न नदिइने बताइएको छ ।

यसका साथै छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रवर्द्धन गर्न र निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायातलाई प्राथमिकता दिन सुझाव दिइएको छ । त्यस्तै, वेल्डिङ र ग्यास काट्न प्रतिबन्धित छ । यद्यपि, साना वेल्डिङ गतिविधिहरू जारी राख्न अनुमति दिइएको छ । घरहरूमा सानातिना मर्मतबाहेक, सिमेन्ट, प्लास्टर वा अन्य कोटिङ्सको प्रयोग समावेश रंग, पालिस र वार्निसिङ कार्यहरू निषेधित छन् ।

त्यसैगरी, टाइल्स, ढुङ्गा आदि काट्ने वा भाँच्न र वाटरप्रुफिङको काममा रोक लगाइएको छ । सडक सफा गर्न स्वीपिङ मेसिन प्रयोग गर्नुपर्नेछ र धुलो शान्त गर्न नियमित पानी छर्किनुपर्ने बताइएको छ  ।भिडभाड हुने समयमा अन्य क्षेत्रको तुलनामा बढी चहलपहल हुने वा प्रदुषणको स्तर बढी भएका सडकमा दैनिक पानी छर्कने व्यवस्था गर्नुपर्नेछ । साथै, घरबाट काम गर्न सक्नेहरूलाई घरबाट काम गर्ने विकल्प रोज्न सल्लाह दिइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार शुक्रबार बिहान ७ बजे दिल्लीका धेरैजसो ठाउँमा एक्युआई ४०० भन्दामाथि र धेरै ठाउँमा ४५० भन्दाबढी थियो, जुन प्रदुषणको 'गम्भीर' श्रेणीमा पर्दछ ।

स्वीट्जरल्याण्डमा आधारित वायु गुणस्तर सूचकांक अनुगमन समूह आइक्युएयरका अनुसार बिहीबार दिल्लीमा औसत पिएम २.५ एकाग्रता २५४ थियो, जुन डब्लुएचओको मापदण्ड भन्दा १५ गुणा बढी हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending