Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

खबरडबली संवाददाता

म्याड्रिड । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ :०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन । वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन । 

शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो । “भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो अन्यत्र फैलिनबाट रोकियो, उनले भने । 

अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने उनले बताए । अरागोन सरकारका प्रमुख जर्ज एज्कोनले आगलागी र यसबाट भएको क्षतिबाट आफू स्तब्ध भएको र शोकको सङ्केतका रूपमा सार्वजनिक कार्यक्रम स्थगित गरेको बताएका छन् । 

जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौंले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।  ...

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

अमेरिका । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ । अमेरिकी विदेश मन्त...

देशभर उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अ...

‘किलर ह्वेल’को उद्धार

भ्लाडिभोस्तोक । रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल ...

रक्षामन्त्रीबाट निरीक्षण भ्रमण

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गरेका...

बाँकेमा भेडा जुधाइको रौनक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा ...

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । एन...

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडाैं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १० उम्मेदवार टुंगो लगाएको छ ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनु...

कोदोखेतीले धानेको सिरहाकाे खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास...

मकवानपुरमा सुनचाँदीका गहना चोरी आरोपमा दुईजना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडाबाट प्रहरीले सुनको गरगहना चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १५ घर भई हे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy