Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

मकवानपुरमा सुनचाँदीका गहना चोरी आरोपमा दुईजना पक्राउ

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको हेटौँडाबाट प्रहरीले सुनको गरगहना चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १५ घर भई हेटौँडा– ४ भैरवरोडमा डेरा गरी बस्ने २४ वर्षका मनोज पुलामी मगर र हेटौँडा– ७ नागस्वतीस्थित शिवशक्ती सुनचाँदी पसलका संचालक २५ वर्षका धिरज विश्वकर्मा रहेका छन् ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पुलामिले हेटौँडा– ८ कमानेका सन्तोष अधिकारीको घरबाट ७ कार्तिकमा सुनका गरगहना र मोबाईल चोरी गरेका थिए । सुन चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा पक्राउ परेका पुलामीले चोरीका गहना विश्वकर्मालाई बेचेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । पुलामिले अधिकारीको घरबाट ३.५ तोला सुन र ५ तोला चाँदीका गरगहना चोरी गरेका थिए ।

पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

अमेरिका । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ । अमेरिकी विदेश मन्त...

देशभर उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अ...

‘किलर ह्वेल’को उद्धार

भ्लाडिभोस्तोक । रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल ...

रक्षामन्त्रीबाट निरीक्षण भ्रमण

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गरेका...

बाँकेमा भेडा जुधाइको रौनक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा ...

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । एन...

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडाैं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १० उम्मेदवार टुंगो लगाएको छ ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनु...

कोदोखेतीले धानेको सिरहाकाे खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास...

मकवानपुरमा सुनचाँदीका गहना चोरी आरोपमा दुईजना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडाबाट प्रहरीले सुनको गरगहना चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १५ घर भई हे...

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशित गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy