Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

खबरडबली संवाददाता

अमेरिका । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख उपप्रवक्ता वेदान्त पटेलले आप्रवासनको सवाललाई सम्बोधन गर्दै आप्रवासी भिसा पर्खिरहेका भारतीय अमेरिकीहरूका लागि यस सवालको महत्त्व स्वीकार गरे । 

विश्वभरका धेरै मानिसका लागि आगन्तुक भिसा वा औपचारिक कानुनी आप्रवासन च्यानल सबैलाई गम्भीरताका साथ लिई काम जारी राख्ने र आप्रवासनका प्रक्रियाहरू सुधार गर्न सक्ने तरिकाहरू खोज्ने पटेलले बताए । केही हप्ताअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र वाणिज्यमन्त्री जिना राइमोन्डोले पर्यटक भिसा प्रशोधन प्रक्रियालाई सुव्यवस्थित बनाउने तरिकाहरूबारे स्पष्ट पारेका थिए । 

भारत–अमेरिका सम्बन्धको प्रशंसा गर्दै विश्व क्षेत्रीय स्थिरतालगायतका कुरामा भारत महत्त्वपूर्ण साझेदार बनेको तथा राष्ट्रपति बाइडेनको कार्यकालमा सम्बन्ध थप सक्षम भएकोमा पटेलले आभार प्रकट गरे । सन् २०२४ को अमेरिकी चुनावमा आप्रवासन चुनावी अभियानको महत्त्वपूर्ण हिस्सा थियो । यो विषय ट्रम्पको चुनावी अभियानको आधारशिला नै रहेको सिएनएनले जनाएको छ । 

ट्रम्पले कागजातविहीन आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेको विश्वसनीय स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते

इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...

विद्यार्थी नेताका हत्याराहरू भारत भागे: बङ्गलादेश प्रहरी

बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending