Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रो लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ। कीर्तिपुर नगरपालिकाको मेयर र वडा नं ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने निर्णय जसपा नेपालले गरेको हो। 

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रवार प्रदान गरेको छ। 

जसपा नेपालले अरू राजनीतिक दलहरूलाई चक्मा दिँदै तेस्रो लिङ्गी उम्मेदवारलाई मैदानमा उतार्ने निर्णय गरेको जनाएको छ। तेस्रो लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन्। 

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरे। 

जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले शनिवार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाबारे जानकारी दिन लागेको जनाएको छ। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले शनिवार बिहान ११ बजे अनामनगर सिंहदरबारको पूर्वी गेट अगाडि पत्रकार सम्मेलन राखिएको जानकारी दिए। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गर्ने उनले बताए। हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्।  

कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडले पनि परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित बन्दै गएकी छन्। हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending