बागलुङ । जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो ।
बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि विदेश पलायनलगायत कारणले जनशक्ति अभाव भई जिल्लाका उद्योगहरू बन्द हुन थालेका जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कले देखाउँछ । गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए । उनका अनुसार गत आवमा सात उत्पादनमूलक, १५ कृषि तथा वनजन्य, छ पर्यटनसम्बन्धी उद्योग, १८ सेवामूलक गरी ४६ वटा उद्योग दर्ता भएका छन् ।
एक वर्षमै ६७ वटा उद्योगहरु भने बन्द भएको जानकारी थापाले दिए । उनका अनुसार उत्पादन मूलक ११, कृषि तथा वन जन्य १८ उद्योग, पर्यटनतर्फ १७ उद्योग, सेवामुलक २१ वटा उद्योगले लगत कट्टा गरेका छन् ।
“बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुनेक्रम बढेको हो । साथै अनुदान तथा आर्थिक गतिविधि देखाउन दर्ता गर्ने र पछि बन्द गर्नाले पनि उद्योगको सङ्ख्या घटेको हो”, प्रमुख थापाले भने, “वाणिज्यतर्फ फर्म दर्ता गर्ने बढी छन् ।”
एक सय चार फर्म दर्ता हुँदा ८८ को लगत कट्टा गरिएको उनले बताए । उनका अनुसार अहिले पर्यटन तथा उद्योग कार्यालयमा तीन सय १८ उद्योग र चार सय ७२ वाणिज्यतर्फका फर्म नवीकरण भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८१ - १९:३५
काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खे...
मंसिर १ गते, २०८१ - १९:३१
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । जिल्ला कार्यसमिति सिन्धुपाल्च...
मंसिर १ गते, २०८१ - १९:२५
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । उनले अर्को वर्ष ड...
मंसिर १ गते, २०८१ - १९:१९
काठमाडौं । आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलि...
मंसिर १ गते, २०८१ - १८:४२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप...
मंसिर १ गते, २०८१ - १८:३६
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्ध...
मंसिर १ गते, २०८१ - १८:२८
सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसि...
मंसिर १ गते, २०८१ - १८:१७
काठमाडौं । राजवीर प्रधान र शिभाली गुरुङ खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शनिबार पहिलो भएका छन् । राजवीर छात्र तथा शिभाली छात...
मंसिर १ गते, २०८१ - १८:१३
काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण गर्दा ५९ जना मारिएका छन् भने १८२ जना घाइते भएको त्यहाँको स्वास्थ...
मंसिर १ गते, २०८१ - १८:०८
काठमाडौं । भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको बिजनौर भन्ने स्थानमा भएको दुर्घटन...
प्रतिकृया लेख्नुहोस्: