काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ । उम्मेदवारी दर्ता भने भोलि आइतबार हुनेछ । डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् । उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस भएको थियो ।
उपचुनावका लागि एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा. डा. शिवशरण महजृन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तोकेको छैन ।
उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८१ - १९:४३
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन् । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्...
मंसिर १ गते, २०८१ - १९:३५
काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खे...
मंसिर १ गते, २०८१ - १९:३१
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । जिल्ला कार्यसमिति सिन्धुपाल्च...
मंसिर १ गते, २०८१ - १९:२५
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । उनले अर्को वर्ष ड...
मंसिर १ गते, २०८१ - १९:१९
काठमाडौं । आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलि...
मंसिर १ गते, २०८१ - १८:४२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप...
मंसिर १ गते, २०८१ - १८:३६
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्ध...
मंसिर १ गते, २०८१ - १८:२८
सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसि...
मंसिर १ गते, २०८१ - १८:१७
काठमाडौं । राजवीर प्रधान र शिभाली गुरुङ खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शनिबार पहिलो भएका छन् । राजवीर छात्र तथा शिभाली छात...
मंसिर १ गते, २०८१ - १८:१३
काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण गर्दा ५९ जना मारिएका छन् भने १८२ जना घाइते भएको त्यहाँको स्वास्थ...
प्रतिकृया लेख्नुहोस्: