Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ । 

पुँजीगत शीर्षकका रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् रु ३४ अर्ब ५३ करोड १० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा रु ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ ।

कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर खर्च भएको छ । 

सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशमा आगामी २३ पुसमा प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

धनुषा । मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका ल...

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...

इजरायली हमलामा जबालियामा १५ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ ...

इलाममा धान उत्पादन घट्यो

इलाम । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती ग...

नेपालले बीआरआई सम्झौता गर्दा भारतले चित्त दुखाउनु गलत: खनाल

काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । दे...

समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रमुख आधार पर्यटन र पूर्वाधार हाे: मन्त्री दाहाल

तनहुँ । सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । बन्दीपुरम...

मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्र छ: अध्यक्ष यादव

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले ज...

कैलालीमा छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

कैलाली । छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन् । राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक ...

चालु आर्थिक वर्षमा २ लाखबढी मेट्रिक टन रासायनिक मल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भालु आर्थिक वर्षमा २ लाख...

विचाराधीन विधेयक बहुमतबाटै पास गर्ने तयारीमा सत्तारुढ दल

काठमाडाैं । बहुमतबाटै भएपनि प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन भनेर सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy