Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विवाह पञ्चमीको निम्तोका लागि मुख्यमन्त्री सिंहसहितको टोली अयोध्या प्रस्थान

खबरडबली संवाददाता

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्‍याउन भारतको अयोध्या प्रस्थान गरेका छन् । 

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार विरगंजबाट रामजन्मभूमि अयोध्याधामका लागि प्रस्थान गरेका हुन् । 

अयोध्या प्रस्थान हुने मुख्यमन्त्री सिंहसहितको टोलीमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानुमन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातवरणमन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशल किशोर रायको सहभागीता रहेको छ । 

यस्तै, उक्त टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपति डा। अंकुर साहको पनि उपस्थिति रहेको छ । टोलीले राम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम छ ।

विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्या बीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर मानिन्छ । राम र सीताको ऐतिहासिक विवाहको सम्झनामा मनाइने यो महोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौंको संख्यामा श्रद्धालुहरूको जमघट हुने गर्दछ ।

मुख्यमन्त्री सिंहले तिलकसहितको विश्वहिन्दू परिषद्को टोलीलाई शनिबार बिदा गर्नुहँदै भनेको थिए, “महोत्सवलाई भव्य बनाउन प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध छ, यो महोत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ र आगामी दिमा आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याउने छ ।” 

विश्व हिन्दू परिषदको टोली भने तिलकसहितको निमन्त्रणा लिएर एकदिन अघि शनिबार नै जानकी मन्दिरबाट बिदा लिएर अयोध्याका लागि प्रस्थान विरगंजमा बास बसेको थियो । सोही टोलीसँग आज ९आइतबार० बिहान मुख्यमन्त्रीसहितको टोली विरगंजबाट अयोध्याका लागि प्रस्थान गरेका हुन् । 

अयोध्याधाम प्रस्थानका क्रममा विरगंजस्थित विश्व हिन्दू परिषद नेपालको सभाहलमा परिषद्का मधेश प्रदेशका उपाध्यक्ष सुनिल खेतालले मुख्यमन्त्री सहितको टोलीलाई स्वागत समेत गरेको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending