Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

विवाह पञ्चमीको निम्तोका लागि मुख्यमन्त्री सिंहसहितको टोली अयोध्या प्रस्थान

खबरडबली संवाददाता

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्‍याउन भारतको अयोध्या प्रस्थान गरेका छन् । 

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार विरगंजबाट रामजन्मभूमि अयोध्याधामका लागि प्रस्थान गरेका हुन् । 

अयोध्या प्रस्थान हुने मुख्यमन्त्री सिंहसहितको टोलीमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानुमन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातवरणमन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशल किशोर रायको सहभागीता रहेको छ । 

यस्तै, उक्त टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपति डा। अंकुर साहको पनि उपस्थिति रहेको छ । टोलीले राम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम छ ।

विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्या बीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर मानिन्छ । राम र सीताको ऐतिहासिक विवाहको सम्झनामा मनाइने यो महोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौंको संख्यामा श्रद्धालुहरूको जमघट हुने गर्दछ ।

मुख्यमन्त्री सिंहले तिलकसहितको विश्वहिन्दू परिषद्को टोलीलाई शनिबार बिदा गर्नुहँदै भनेको थिए, “महोत्सवलाई भव्य बनाउन प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध छ, यो महोत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ र आगामी दिमा आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याउने छ ।” 

विश्व हिन्दू परिषदको टोली भने तिलकसहितको निमन्त्रणा लिएर एकदिन अघि शनिबार नै जानकी मन्दिरबाट बिदा लिएर अयोध्याका लागि प्रस्थान विरगंजमा बास बसेको थियो । सोही टोलीसँग आज ९आइतबार० बिहान मुख्यमन्त्रीसहितको टोली विरगंजबाट अयोध्याका लागि प्रस्थान गरेका हुन् । 

अयोध्याधाम प्रस्थानका क्रममा विरगंजस्थित विश्व हिन्दू परिषद नेपालको सभाहलमा परिषद्का मधेश प्रदेशका उपाध्यक्ष सुनिल खेतालले मुख्यमन्त्री सहितको टोलीलाई स्वागत समेत गरेको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केरालामा बर्ड फ्लूको प्रकोप: हजारौँ चरा नष्ट गर्ने निर्णय

नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरुले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दि...

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

निर्वाचनको समीक्षा गर्न ढिलाइ गर्नुहुन्न : पूर्वमन्त्री गुरुङ

दोलखा। नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताएको छन्...

नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व संकलन

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन...

बर्दिबासमा वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास। शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोक...

मध्यपूर्व सङ्कटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई। मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमे...

दाउन्ने सडकखण्ड रूपमा पूर्ण अवरुद्ध, वैकल्पिक मार्गसमेत बन्द

नवलपरासी । नवलपरासी पूर्वमा लगातारको वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारको ६४ मोड ...

मोटरसाइकल मर्मतको पैसामा विवाद हुँदा सिरहामा झडप, ६ जना घाइते

सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला ...

रुपनीमा सदा दम्पतिको एकै दिन निधन

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय पत्नी दु...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: