काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । लामो समयदेखि सञ्चालित उक्त स्टोरले करोडौं रकम राजश्व रकम चुहावट गरेको कसुरमा विभागमा उजुरी परेको हो ।
उक्त फर्मले सामग्री बिक्री वितरण गर्दा भ्याट बिल नकाटेर राजश्व छलेको कसुर उजुरीकर्ताले लगाएका छन् । सुरूमा उक्त स्टोरले स्टिमेट बिलसमेत नदिई खेस्रा बिल दिने गरेको र इन्भ्वाइस माग्दा पान बिल दिने गरेको पाइएको छ ।
पान बिल अहिले प्रयोगमा छैन । हरेक व्यापारिक फर्मलाई मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिजक अनिवार्य गरिएकोमा उक्त स्टोरले बेवास्ता गर्दै आएको छ । यसरी वर्षौंदेखि बिल बिजक अनिवार्य नकाट्दा उक्त स्टोरले करोडौं राजश्व ठगेको र उक्त स्टोरको बिजकबारे अनुसन्धान, आयकर छलीबारे अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ ।
उक्त स्टोरमा सामग्री ढुवानी गर्दा भेइकल कन्सान्टमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) मा रहे-नरहेको समेत अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । शिव क्लोथमा लत्ताकपडा तथा घरायसी प्रयोजनमा प्रयोग हुने सामग्रीहरू बिक्री वितरण हुने गरेको छ । उक्त स्टोरमा अत्यधिक महंगो दरमा सामग्रीहरू बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ ।
तीन तलासम्म उक्त स्टोरमा करोडौंका सामग्रीहरू स्टक गरिएको छ । त्यो स्टक सामग्रीको कानुनी प्रक्रिया परीक्षणसमेत गर्न उजुरीमा माग गरिएको छ । विभागका एक अधिकारीले शिव क्लोथ स्टोरविरूद्ध उजुरी परेको र यसबारे छानबिन थालिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - २१:०६
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनका छोरा अमेरिकाबा...
मंसिर २ गते, २०८१ - २०:५५
किएभ । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ । रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेक...
मंसिर २ गते, २०८१ - २०:५१
काठमाडौं । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आज विहान १० बजेद...
मंसिर २ गते, २०८१ - २०:२३
कीर्तिपुर । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली ...
मंसिर २ गते, २०८१ - २०:१७
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउ...
मंसिर २ गते, २०८१ - २०:०३
काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमाप...
मंसिर २ गते, २०८१ - १९:५२
ओखलढुंगा । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भए...
मंसिर २ गते, २०८१ - १९:३३
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रे...
मंसिर २ गते, २०८१ - १९:२८
काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । लामो समयदेखि सञ्चालित उक्त स्टोरले ...
मंसिर २ गते, २०८१ - १९:२४
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवक...
प्रतिकृया लेख्नुहोस्: