Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। तर, राष्ट्रिय मेलमिलाप र एकताको नीति अघि सारेका बीपीलाई सम्झिने दिनमै कांग्रेसभित्रको गुटगत विवाद थप सतहमा आएको छ।

यसअघि प्रत्येक वर्ष पार्टीको आधिकारिक निर्णयअनुसार बीपी स्मृति दिवस मनाइँदै आएको भए पनि यसपटक कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्। यसले पार्टीभित्रको आन्तरिक विवाद झन् गहिरिएको संकेत गरेको छ।

पार्टीको विशेष महाधिवेशनपछि नेतृत्व विवाद चर्किएसँगै संस्थापन र इतर पक्षबीच सम्बन्ध थप तिक्त बनेको छ। नेताहरूकै भनाइलाई आधार मान्ने हो भने अहिले दुवै पक्षका गतिविधि फरक–फरक पार्टीजस्तै देखिन थालेका छन्।

संस्थापन पक्षले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम र नयाँ अभियान घोषणा गर्ने तयारी गरेको छ। उता निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गर्दैछन्।

देउवा–कोइराला पक्षले कांग्रेसभित्र सहमतिको सम्भावना निकै कमजोर भएको निष्कर्ष निकाल्दै संस्थापनसँग पाँचबुँदे प्रस्ताव अघि सारेको छ। तर सभापति गगन थापाले विधानबाहिरका सर्त स्वीकार गर्न नसकिने स्पष्ट गरिसकेका छन्। विशेषगरी १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको व्यवस्थापन र क्रियाशील सदस्यताको डिजिटल अध्यावधिकका विषयमा दुवै पक्षबीच सहमति जुट्न सकेको छैन।

बीपीको स्मृति दिवसमा दुईवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना भएपछि नेता–कार्यकर्तामाझ मेलमिलापका नायकको सम्झनाको दिन नै पार्टी विभाजनको संकेत गर्ने दिन बन्ने हो कि भन्ने चिन्ता बढेको छ।

बीपी कोइरालाको २०३९ साल साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो। उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए भने २०१६ सालको आमनिर्वाचनपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले उनको सरकार अपदस्थ गरेपछि उनी लामो समय जेल र निर्वासनमा बसे। २०३३ सालमा उनले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किएका थिए, जुन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा लिइन्छ।

राजनीतिसँगै साहित्यमा पनि बीपीको योगदान उल्लेखनीय मानिन्छ। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन्’, ‘बाबु, आमा र छोरा’ र ‘आत्मवृत्तान्त’ उनका चर्चित कृतिहरू हुन्। उनी नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादका अग्रणी स्रष्टाका रूपमा पनि परिचित छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending