Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

सार्वजनिक ऋण व्यवस्थापनले १७ अर्बको ट्रेजरी बिलमा बोलकबोल गर्दै, नयाँ ऋण भने ५ अर्ब

खबरडबली संवाददाता

काठमाडौं  । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबारका लागि १७ अर्ब २३ करोड  रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । साथै ५ अर्बको रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ (फ्रेस) जारी गर्न लागेको हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । 
यसैगरी, कार्यालयले २८ दिन, ९१ दिन र १८२ दिनको ट्रेजरी बिल जारी गर्न लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । जसअनुसार १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको र यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुने कार्यलयले जनाएको छ । 
यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । 

त्यस्तै, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन ६ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सोमबार (आज) विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी जनाउनु पर्नेहुन्छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 
व्यक्तिको हकमा रहेको ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने र सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागीता जनाउन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाकका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

एक लाख जरिबानामा पर्योे सेतोपाटी

काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...

सभापतिबाट राजीनामा दिने तयारीमा गगन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बर...

भीम रावलको चुनावी खर्च १२ लाख नजिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षे...

बर्दीबाट बहससम्म: पाँच पूर्व सुरक्षाकर्मी संसद्मा

काठमाडौं । कानुन कार्यान्वयनको अग्रपंक्तिमा वर्षौँ बिताएका पूर्व सुरक्षाकर्मीहरू यसपटक कानुन निर्माण गर्ने थलो संसद्मा पुगेका छन्। चुनावी मैदानमा उत्र...

अर्जुननरसिंह केसीको गगन थापालाई राजीनामा होइन, समीक्षा गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेस का नेता अर्जुननरसिंह केसी ले पार्टीको पराजयपछि सभापति गगनकुमार थापा लाई राजीनामा नदिन सुझाव दिएका छन्। हालै सम्पन्न प्रत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE