काठमाडौं । अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-१ थुमन घर भएका ३१ वर्षीय बुद्धी बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-५ भार्खु घर भएका ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवा गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे घर भएका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवा कालिका गाउँपालिका-१ राम्चे घर भएका ४८ वर्षीय गोपाल तामाङ रहेका छन् ।
उनीहरूले गत असोज ४ गते काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीबाट पीडितहरूलाई ट्याक्सीमा राखी बुढानिलकण्ठ नगरपालिका नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगि बन्धक बनाई कुटपिट गर्नुका साथै बैंकको चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाई रकम समेत माग गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८१ - २०:००
श्रीलङ्का । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष ...
मंसिर ३ गते, २०८१ - १९:५६
काठमाडौँ । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दु...
मंसिर ३ गते, २०८१ - १९:३१
बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूक...
मंसिर ३ गते, २०८१ - १९:२५
भारत । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो व...
मंसिर ३ गते, २०८१ - १९:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा स्थानीय तहको उपनिर्वाचन,...
मंसिर ३ गते, २०८१ - १८:५८
किएभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको छ । एक अमेरिकी अधिकारीले ...
मंसिर ३ गते, २०८१ - १८:५३
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नग...
मंसिर ३ गते, २०८१ - १८:४८
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्र...
मंसिर ३ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको ...
मंसिर ३ गते, २०८१ - १८:४३
तनहुँ । मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । ...
प्रतिकृया लेख्नुहोस्: