मनिला । अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरुले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रपति फर्डिनान्ड मार्कोस पनि यस सम्झौतामा सहभागी रहेको जनाइएको छ । सैन्य सूचना सम्झौताले वर्गीकृत जानकारी आदान प्रदान गर्ने अनुमति दिई प्रविधिहरूको बिक्रीलाई सुव्यवस्थित गर्ने अधिकारीहरुले बताएका छन् । यसै गरी फिलिपिन्सको रक्षा मन्त्रालयले उक्त दस्तावेजलाई “फिलिपिन्स र अमेरिकाबिच सूचना साझेदारी बढाउने महत्वपूर्ण कार्य भएको जनाएको छ ।
मार्कोस सरकारले दक्षिण चीन सागरको अधिकांश भूभागमा बेइजिङको क्षेत्रीय दावीको विरुद्धमा पछाडि धकेलेको छ भने राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प कार्यालयमा फर्कने तयारीमा छन् । चीनले आफ्नो दावीको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय फैसला खारेज गरी सेना र तट रक्षक जहाजहरु तैनाथ गरेको छ ।
यसै गरी मनिलाले आफ्ना जहाजहरुलाई दवावमा पारी पानी ,केही चट्टान र टापुहरुमा पहुँच विहिन गराएको बताएको छ । यसले हिंसात्मक भिडन्त निम्त्याउदा विगत १८ महिनामा कँर्यौ फिलिपिनो कर्मचारीहरू घाइते हुनुका साथै उनीहरुका जहाजमा क्षति पुगेको जनाइएको छ ।
यसले फिलिपिन्ससँगको आपसी रक्षा सन्धिको कारण संयुक्त राज्य अमेरिका सशस्त्र द्वन्द्वमा पर्न सक्ने चिन्तालाई बढाएको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले अस्टिनले मङ्गलबार पश्चिमी टापु पलावनको भ्रमण गर्ने र दक्षिण चीन सागरमा गस्ती र रक्षाका लागि जिम्मेवार फिलिपिन्सका सेनाहरुसँग बैठक गर्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: