खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
भेरी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
चैत १४ गते राति करिब १२ बजेको समयमा कोरियनपुरमा सिर्जना आगोले जलेको अवस्थामा भेटिएको र उपचारका लागि भेरी अस्पतालमा लगेपछि उहाँको १५ गते बिहान १:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
“पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण जलन नै हो भनेर आएको छ । अब मृत्युबारे थप अनुसन्धानका लागि सहज भएको छ । यद्धपि को कसको कस्तो संलग्नता छ भन्ने कुरा अनुसन्धान पूरा भएपछि मात्रै भन्न सकिने हुन्छ,” प्रनाउ पातलीले भने ।
नेपालगन्ज ८ रानीतलाउमा डेरा गरी बस्दै आउनुभएकी सिर्जनाको शरीर उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब पचास मिटरको दूरीमा आगोले जलेको अवस्थामा भेटिएपछि आफन्तले आरिफलगायत उहाँका परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
घटनापछि भागेर भारत पुगेका आरिफलाई प्रहरीले घटना भएको अर्को दिन नै पक्राउ गरिसकेको छ । आरिफसँगै उनकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रनाउ पातलीले बताए।
जाहेरीमा नाम उल्लेख भएका थप केही व्यक्तिको पनि खोजी भइरहेको पनि उनले जानकारी दिए। सिर्जना र उहाँका प्रेमी भनिने आरिफ ढपालीको लिभिङ टुगेदर सम्बन्ध खटपटपूर्ण रहँदै आएको र आरिफले नै हत्या गरेको सिर्जनाका आफन्तले आरोप लगाउँदै आएका छन् ।
आरिफले पहिलेदेखि नै हिंस्रक व्यवहार देखाउने गरेकोमा आफन्तको भनाइ छ । सिर्जनाको मृत्यु भएको अघिल्लो दिन पनि सिर्जना र ती व्यक्तिबीच खटपट भएको र सिर्जनामाथि कुटपिट भएपछि उहाँले प्रहरीलाई खबर गर्नुभएको थियो । त्यसपछि प्रहरीले ती व्यक्तिलाई हिरासतमा राखेको थियो ।
तर शनिबारै सिर्जनाले मिलापत्र गरी ती व्यक्तिलाई प्रहरीबाट छुटाएर लिएर आएको प्रहरीको भनाइ छ । तर मिलापत्र भएकै राति उक्त घटना भएको थियो ।
उक्त घटनापछि सिर्जनाका आफन्तले आरोपित ढपालीको घरमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले सुरक्षा दिनु परिरहेको छ । बुधबार पनि घरमा आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर एकपटकका लागि सम्झाइबुझाइ गरी छाडेको प्रनाउ पातलीले जानकारी दिए। मृतक सिर्जनाको शव भेरी अस्पतालमै राखिएको छ ।
घटनाको विरोधमा नेपालगन्जमा दैनिकजसो विरोध प्रदर्शन र विरोध सभा हुँदै आएका छन् । घटनाको चौतर्फी निन्दासँगै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग र दबाब बढ्दै गएको छ ।
विभिन्न सङ्घ संस्था र समूहले छुट्टाछुट्टै जिल्ला प्रशासन पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा सजायको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाउँदै विभिन्न सामाजिक सञ्जालमा समुदायबिच द्वन्द्व फैलाउने खालका टीकाटिप्पणी नगर्न र सञ्चारमाध्यमले समेत प्रहरीको सूचना अधिकारीबाट यकिन गरी सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: