Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

जलवायु वार्तामा गतिरोध तोड्न जी–२० मा आशा

खबरडबली संवाददाता

बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूका लागि सम्झौतामा समर्थन जुटाउने आशा गरिएको छ । 

अजरबैजानको क्याभर्नस स्टेडियममा दुई हप्ताको सौदाबाजीको आधा समय बित्दा पनि कूटनीतिज्ञहरू कोप–२९ को सफलता वा असफलतालाई परिभाषित गर्ने सम्झौताको नजिक पुग्न सकेका छैनन् । बाकुमा वार्ताको जिम्मा लिने सरकारी मन्त्रीहरूसँग विकासशील विश्वलाई विश्वव्यापी तापक्रम वृद्धिको सामना गर्न आवश्यक पर्ने पैसा कसरी उपलब्ध गराउने भन्ने गतिरोध तोड्न शुक्रबारसम्मको समय छ । वार्षिक शिखर सम्मेलनका लागि ब्राजिलमा भेला हुँदा जी–२० नेताहरूमाथि रोकिएको प्रक्रियालाई समर्थन गर्न दबाब बढिरहेको छ । 

“कोप–२९ को सफल नतिजा अझै पनि सम्भव छ तर यसका लागि नेतृत्व र समझदारी, विशेष गरी जी–२० देशहरूबाट आवश्यक पर्छ”, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार रियो डी जेनेरियोमा भने । गुटेरेस विश्वको सबैभन्दा ठूला अर्थतन्त्रहरूको समूह जी–२० शिखर सम्मेलनमा सहभागी छन् । “स्वाभाविक रूपमा जी–२० मा ध्यान केन्द्रित छ । उनीहरूले विश्वव्यापी उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छन्”, समूहलाई ‘उदाहरण बनेर नेतृत्व गर्न’ आह्वान गर्दै उनले भने । 

आयोजकमाथि दबाब

संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनको छायाँमा सम्मेलन सुरु भयो र विश्वव्यापी जलवायु लडाइँका लागि समर्थन जुटाउने प्रयासले अर्जेन्टिनाको प्रतिनिधिमण्डल शिखर सम्मेलनबाट फिर्ता भएपछि अर्को धक्का खायो । कोप–२९ मा झन्डै दुई सय राष्ट्रले विकासोन्मुख देशहरूलाई ‘हिट–ट्र्यापिङ’ ग्यासको उत्सर्जन कटौती गर्न र बढ्दो जलवायु धक्काहरू विरुद्ध लचिलोपन निर्माण गर्न पर्याप्त रकम उपलब्ध गराउने नयाँ सम्झौताको वार्ता गरिरहेका छन् । 

चीन बाहेकका विकासोन्मुख देशहरूको आवश्यकता मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त स्वतन्त्र अर्थशास्त्रीहरूका अनुसार यसका लागि दशकको अन्त्यसम्ममा वार्षिक १० खर्ब डलर बाह्य सहायता आवश्यक पर्नेछ । जलवायु–जोखिममा रहेका राष्ट्रहरूले यसको एक हिस्सा विकसित देशहरूले तिर्नुपर्ने चाहन्छन् तर दाताहरूले उनीहरू एक्लैले त्यो रकम जुटाउन नसक्ने र निजी क्षेत्र पनि संलग्न हुनुपर्ने बताउँछन् ।

उनीहरूले जलवायु वित्त तिर्न बाध्य नभएका धनी उदीयमान अर्थतन्त्रहरू विशेषगरी चीनले पनि बोझ बाँड्नुपर्ने चाहन्छन् ।
युरोपेली सङ्घ अन्तर्राष्ट्रिय जलवायु वित्तको सबैभन्दा ठूलो योगदानकर्ता हो तर यसले राजनीतिक र बजेट दबाबको सामना गरिरहेको छ र ट्रम्पअन्तर्गत अमेरिकाले भुक्तानी गर्न अस्वीकार गरेमा एक्लै पर्न सक्छ । बाकुमा भएको सौदाबाजी हिमनदी जस्तै सुस्त रहेको छ तर चिनियाँ र युरोपेली अधिकारीहरूबीचको बैठकलाई अन्यथा निराशाजनक हप्तामा आशाको किरण मानिएको छ । 

पर्यवेक्षकहरूका अनुसार वर्षौंयताकै सबैभन्दा जटिल मानिएको जलवायु वार्ताको नेतृत्व गर्न महत्त्वपूर्ण नेतृत्वको आवश्यकता रहेको बेला कोप–२९ को आयोजक अजरबैजानसँग कूटनीतिक अनुभवको कमी छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ जीवाश्म इन्धनको बचाउ गरेकोमा आलोचनामा परे । त्यस्तै फ्रान्सको औपनिवेशिक इतिहासबारे उनको आक्रामक टिप्पणीका कारण पेरिसका जलवायु दूतले बाकुको टिकट रद्द गरे । 

वित्तीय गतिरोधका अतिरिक्त कोप–२९ मा देशहरूले गत वर्षको ऐतिहासिक विश्वलाई जीवाश्म इन्धनबाट टाढा लैजाने प्रतिबद्धतालाई पुनः दोहोर्याउनुपर्ने छ कि छैन भन्ने विवाद पनि उठिरहेको छ । पहिलो दिन कोप–२९ को औपचारिक एजेन्डामा यो विषय समावेश गर्ने कि नगर्ने विवादले शिखर सम्मेलनको सुरुआत नै केही घण्टा ढिला भएको थियो ।

“हामी अत्यन्त निराश छौँ, उत्सर्जन कटौतीका प्रयासहरू कोप–२९ मा खाली पृष्ठभन्दा बढी केही थिएनन्”, युरोपेली सङ्घको तर्फबाट बोल्दै भेरोनिका स्कोलाज्स्टिका बागीले शनिबार भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE