Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

सुकुना विद्यालयको अपिल– छानबिन प्रभावित हुने गतिविधि नगर्न आग्रह

खबरडबली संवाददाता

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ । विद्यालयले निष्पक्ष छानबिनबाट दोषी ठहर हुनेलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र निर्दोषमाथि अनावश्यक आरोप नलगाउन पनि सबैसँग अपिल गरेको छ ।

प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका गुनासाप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विद्यालयका शिक्षक तथा कर्मचारीबाट भएका कमी–कमजोरी औँल्याई विद्यालय सुधारमा सहयोग पुर्‍याउने प्रयासको स्वागत गरिएको छ । साथै पीडितले न्याय पाउनुपर्ने र दोषी प्रमाणित हुने शिक्षक–कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने विद्यालयको स्पष्ट धारणा रहेको जनाइएको छ ।

विद्यालयले आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी सम्बन्धित निकायको अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ । सम्बन्धित निकायबाट निष्पक्ष छानबिन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै त्यसको निष्कर्ष पर्खन सबैसँग आग्रह गरिएको छ ।

विद्यालयले सामाजिक सञ्जालमा प्रमाण र तथ्यबिना निर्दोष शिक्षक–कर्मचारीमाथि आरोप लगाउने, मनोबल गिराउने तथा विद्यालयको प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि भइरहेकाप्रति दु:ख व्यक्त गरेको छ । यस्ता गतिविधिले अनुसन्धान प्रक्रियामा समेत असर पार्न सक्ने भएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा विद्यालयमा शिक्षण–सिकाइ वा अन्य विषयमा गुनासो भए विद्यालय प्रशासन, गुनासो सुनुवाइ समिति, विद्यालय व्यवस्थापन समिति, नगरपालिकाको शिक्षा शाखा वा स्थानीय प्रहरी प्रशासनमा सुरक्षित रूपमा जानकारी गराउन सकिने व्यवस्था गरिएको उल्लेख छ । त्यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र वडा प्रतिनिधिसहित पाँच सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरिएको पनि जनाइएको छ ।

यता प्रहरीले भने आरोप लागेका चार शिक्षक तथा कर्मचारीमाथि यसअघि नै पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। मोरङ प्रहरीले दिएको जानकारीअनुसार प्रदीप भट्टराई (बस चालक), किशोरलाल गच्छदार (विज्ञान शिक्षक), अबिरल मास्के (लेखापाल) र भीमप्रसाद नेपाल (नृत्य प्रशिक्षक) माथि बालबालिकाविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविको वार्षिक समारोहमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...

त्रिभुवन विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्य...

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न...

सर्पदंशले बालकको मृत्यु, खर्च नहुँदा शव बुझ्न समस्या

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...

सुकुना विद्यालयको अपिल– छानबिन प्रभावित हुने गतिविधि नगर्न आग्रह

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो ।  नेपाल सुनचाँदी...

पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु

तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक  सङ्घका पदाधिकारी तथा व्यवसाय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending