बाँके। बाँकेको राप्ती–सोनारी र नरैनापुर गाउँपालिकामा राप्तीनदीले कटान गरेको क्षेत्रमा तत्कालै रोकथामका लागि तटबन्धनको व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ खल्ला झगडिया र नरैनापुर ७ गङ्गापुरमा तत्काल तटबन्धनको माग स्थानीय बासिन्दाले गरेको हो । कटान क्षेत्रको स्थलगत जानकारी लिन खल्ला झगडिया पुग्नुभएका बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकाललाई स्थानीय बासिन्दा सोहनलाल यादवले तत्काल कटान नियन्त्रणको काम अघि नबढाउने हो भने आगामी वर्षायाममा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका हजारौं परिवार विस्थापित हुने बताए।
यादवले भने, ‘‘यस वर्षको बाढीले नदी किनारको सडक समेत कटान गर्दा आवागमनमा कठिनाइ भएको छ । अब अर्को वर्ष यस्तै रहे ठुलो क्षति हुने निश्चित छ ।’’
प्रतिनिधिसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले राप्तीनदीको कचनापुरदेखि नरैनापुरसम्म जोखिममा रहेका करिब एकदर्जन स्थानमा तटबन्धनको माग गर्दै आएको भए पनि सरकारको पर्याप्त बजेट विनियोजन गरेको छैन ।
प्रतिनिधिसभा सदस्य ढकालले बाँकेको दुर्गम क्षेत्रको रुपमा रहेको राप्तीसोनारी र नरैनापुरमा राप्तीनदीको कटान निरन्तर बढिरहेकाले सरकारले नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरे।
कटान नियन्त्रणका लागि बजेट विनियोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको भन्दै ढकालले तत्काल बजेट विनियोजन हुने विश्वास व्यक्त गरे।
राप्तीनदीमा आउने बाढीले गर्दा वर्षातको समयमा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएका छन् । पटक पटक प्रयास गरिए पनि बलियो तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् । यसअघि निर्माण गरिएको माटोको तटबन्धन निरन्तर कटानमा परेपछि दुबै पालिकाका गाउँहरु उच्च जोखिममा परेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १०:५५
बागलुङ। सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्त...
चैत्र ४ गते, २०८२ - १०:४५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज बिहान पशुपतिनाथ मन्दिर मा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार शान्त...
चैत्र ४ गते, २०८२ - १०:२८
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुन सक्ने बताएका छन्। नेपाल नागरिक लगानी कोष को वार्षिक उत्सवका अवसरमा आज आय...
चैत्र ४ गते, २०८२ - १०:१७
बागलुङ। ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम...
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...


प्रतिकृया लेख्नुहोस्: