बेरुत। अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह बिच युद्धविरामको नेतृत्व गरेका छन् जसको नेतृत्व गर्दै होचस्टेन लेबनान आएको स्रोतले जनाएको छ ।
सन् २०२३ अक्टोबर–७ को आक्रमणबाट गाजामा युद्ध सुरु भएदेखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणमा करिब एक वर्षपछि, सेप्टेम्बर–२३ मा, इजरायलले सेना पठाउनु अघि लेबनानमा हवाई आक्रमण भएको छ ।
लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावको बारेमा सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उनीसँग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन् ।
लेबनान भ्रमणको जनाकारी गराउँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताएको छन ।
मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को “पूर्ण कार्यान्वयन’’ का लागि दबाब दिइरहेको बताउँदै लेबनानी र राष्ट्रसङ्घीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेका बताएको छन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनर्निर्माण गर्नबाट रोकी हिजबुल्लाहविरुद्ध कारबाही गर्ने’’ बताएको छन ।
यस अघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह–सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजना बारे छलफल गरेको बताएको छन ।
कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गने बताउँदै उनले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुन: तैनाथ गर्ने बताएको छन ।
लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन् ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...
आषाढ़ ८ गते, २०८३ - १४:४५
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...
आषाढ़ ८ गते, २०८३ - १४:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...
आषाढ़ ८ गते, २०८३ - १४:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...
आषाढ़ ८ गते, २०८३ - १३:५०
दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार...
आषाढ़ ८ गते, २०८३ - १३:३१
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार ...
आषाढ़ ८ गते, २०८३ - १२:५०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यलाई स्वत: केन्द्रीय समिति सदस्य बनाउने निर्णय फिर्ता लिएपछि पार्टी स्थापनाकालदेखि सक्रिय ...
आषाढ़ ८ गते, २०८३ - १२:३५
काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...
आषाढ़ ८ गते, २०८३ - १२:२२
काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: