Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन्।

उनको सन्देशले एमालेभित्र चलिरहेको छलफल केवल व्यक्तिहरूबीचको मतभेद नभई पार्टीको भावी दिशा तय गर्ने बहसका रूपमा विकसित भइरहेको संकेत दिएको छ।

सामाजिक सञ्जालमार्फत ‘एमालेजनमा निवेदन’ शीर्षकमा धारणा सार्वजनिक गर्दै भट्टराईले फरक विचारलाई निषेध गर्ने संस्कृतिले पार्टीलाई बलियो नबनाउने बताएका छन्।

उनका अनुसार एमालेले विगतमा विविध विचारलाई समेट्दै संगठन विस्तार गरेको इतिहास बोकेको छ र आज पनि त्यही परम्परालाई निरन्तरता दिन आवश्यक छ। भट्टराईले अहिले पार्टीभित्र दुई धारका सोचबीच बहस भइरहेको स्वीकार गरेका छन्।

एउटा पक्षले वैचारिक, राजनीतिक, सांगठनिक तथा नेतृत्व शैलीसम्मको व्यापक पुनर्गठन आवश्यक रहेको तर्क गरिरहेको छ भने अर्को पक्षले विद्यमान संरचनामै अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ।

उनको भनाइमा यस्तो बहसलाई संकटका रूपमा होइन, पुनर्जागरणको अवसरका रूपमा हेर्नुपर्छ। ‘राजनीतिक बहसले पार्टीलाई कमजोर बनाउँदैन, बरु सही दिशातर्फ डोर्‍याउँछ,’ भन्ने सन्देशमार्फत उनले पार्टीभित्र संवाद र सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन्।

भट्टराईले एमालेका तत्कालीन नेता मदन भण्डारीको राजनीतिक शैली स्मरण गर्दै फरक मत राख्ने नेताहरूलाई समेत सम्मानपूर्वक साथमा लिएर अघि बढ्ने संस्कृतिको उदाहरण दिएका छन्।

उनले मनमोहन अधिकारी, सीपी मैनालीलगायत नेतासँग भएको सहकार्यलाई एमालेको मौलिक राजनीतिक सभ्यताको रूपमा उल्लेख गरेका छन्।

उनको सन्देशको मुख्य निष्कर्ष भने स्पष्ट छ । समयानुकूल एमाले पुनर्गठनको प्रक्रियामा जानेछ र त्यसरी पुनर्गठित हुने पार्टीभित्र सबै अटाउनेछन्। निषेधको राजनीति अन्त्य हुने, सामूहिक नेतृत्व बलियो बन्ने र संस्थागत प्रणाली सुदृढ हुने विश्वास उनले व्यक्त गरेका छन्।

एमालेभित्र बढ्दो बहसका बीच आएको भट्टराईको अभिव्यक्तिलाई धेरैले पार्टीभित्र सहमति खोज्ने प्रयासका रूपमा हेरेका छन्। यसले आगामी दिनमा एमालेको संगठनात्मक तथा वैचारिक दिशाबारे थप बहसलाई गति दिने अनुमान गरिएको छ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending