Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश ल्याउने तयारी

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा मंगलबार छलफल भएको छ । मन्त्रिपरिषद् हेरफेर, राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित समसामयिक राजनीति एवं सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले))का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र पार्टी उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापा छलफलमा सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा सोमबार पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईका अनुसार सत्तारूढ दलका बीचमा समसामयिक राजनीति, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो ।

मन्त्रिपरिषद् हेरफेर, राजनीतिकसम्बन्धीको अध्यादेश’मा छलफल भएको हो भन्ने राजधानीको प्रश्नमा बजगाईले भने, ‘होइन–होइन, त्यो विषयमा होइन, काम गर्न नदिने उद्देश्यले चलाइएका हल्ला मात्रै हो, अध्यादेश ल्याउने, मन्त्री हेरफेर गर्ने विषयमा होइन, प्रमुख दुई दलले मिलेर सरकार सञ्चालन गरेपछि समसामयिक राजनीति, सरकार सञ्चालन, प्रधानमन्त्रीको चीन भ्रमणसहितका विषयमा छलफल हो ।’

तर, पछिल्लो समय प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिन खोजेका छन् । एमालेतर्फबाट सरकारमा सहभागी केही मन्त्रीको कामप्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले उनीहरूसँगै कांग्रेसका समेत केहीलाई हटाउन खोजेका छन् । सोही विषयमा उनले कांग्रेस सभापति देउवासँग निरन्तर छलफल गरिरहेको कांग्रेस स्रोतको दाबी छ ।

ओलीसँग सोमबार छलफल गरेका देउवाले दुई महामन्त्री थापा र विश्वप्रकाश शर्मासँग समेत छलफल गरेका छन् । सोहीअनुसार देउवाले मंगलबारको छलफलमा थापालाई समेत सँगै लिएर बालुवाटार पुगेका हुन् ।

‘प्रधानमन्त्रीको चीन भ्रमणका छलफल हुनु त स्वाभाविक नै हो, मन्त्रिपरिषद् हेरफेर र अध्यादेश पनि महत्वपूर्ण विषय हो, केही मन्त्रीको कामबाट प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ, उनीहरूका ठाउँमा अरूलाई ल्याउनुपर्ने उहाँको कुरा छ, कांग्रेसकै केही मन्त्रीका कारण बदनामी भयो भन्ने गुनासो उहाँको छ,’ कांग्रेस स्रोतको दाबी छ, ‘अर्को विषय भनेको ओली र देउवाका बीचमा अध्यादेश ल्याउने’boutमा भएको सहमतिअनुसार आउन सकेको छैन, प्रधानमन्त्रीले पूर्वसहमतिअनुसार अध्यादेश ल्याउने’ मा जोड गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन खोजे पनि कांग्रेसको अवरोधका कारण त्यो सफल हुन सकेन । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउअघि देउवासँग सहमति लिएर नै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन खोजेका थिए । सुरुमा देउवाले पनि सहमति दिएको बताइन्छ । तर, पार्टीभित्र शेखर कोइरालालगायतका नेताले विरोध जनाएपछि देउवा त्यसबाट ब्याक भएपछि ओलीले पूर्वसहमति कार्यान्वयन खोजेका छन् ।

प्रधानमन्त्री ओलीको मन्त्री हेरफेरमा कांग्रेस सभापति देउवाले सरकार बनेको ६ महिना पनि नपुग्दै मन्त्रीहरू हटाउँदा राम्रो सन्देश नजाने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा आफ्नो दलबाट सहभागी मन्त्रीहरूलाई नचलाउन भनेका थिए ।

तर, केही मन्त्रीको कार्यशैली र विवादमा मुछिएका कारण पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पनि मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री ओलीलाई सहमति दिइसकेको स्रोतको दाबी छ ।

यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्नेलगायतको तयारी रहेको बताइएको छ । बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुईथरी मत छ ।

कांग्रेसका सांसदहरूले बीआरआईअन्तर्गत ऋण लिन नहुने र अनुदान मात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् । एमाले त्यसमा हस्ताक्षर गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको छ । नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा एमाले र कांग्रेसको एकमत छ ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक लम्बिने भएपछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ ६ बजे बस्नेगरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । अर्को बैठक बिहीबार बस्ने बताइएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्या...

पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सब...

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending