Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश ल्याउने तयारी

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा मंगलबार छलफल भएको छ । मन्त्रिपरिषद् हेरफेर, राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित समसामयिक राजनीति एवं सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले))का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र पार्टी उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापा छलफलमा सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा सोमबार पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईका अनुसार सत्तारूढ दलका बीचमा समसामयिक राजनीति, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो ।

मन्त्रिपरिषद् हेरफेर, राजनीतिकसम्बन्धीको अध्यादेश’मा छलफल भएको हो भन्ने राजधानीको प्रश्नमा बजगाईले भने, ‘होइन–होइन, त्यो विषयमा होइन, काम गर्न नदिने उद्देश्यले चलाइएका हल्ला मात्रै हो, अध्यादेश ल्याउने, मन्त्री हेरफेर गर्ने विषयमा होइन, प्रमुख दुई दलले मिलेर सरकार सञ्चालन गरेपछि समसामयिक राजनीति, सरकार सञ्चालन, प्रधानमन्त्रीको चीन भ्रमणसहितका विषयमा छलफल हो ।’

तर, पछिल्लो समय प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिन खोजेका छन् । एमालेतर्फबाट सरकारमा सहभागी केही मन्त्रीको कामप्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले उनीहरूसँगै कांग्रेसका समेत केहीलाई हटाउन खोजेका छन् । सोही विषयमा उनले कांग्रेस सभापति देउवासँग निरन्तर छलफल गरिरहेको कांग्रेस स्रोतको दाबी छ ।

ओलीसँग सोमबार छलफल गरेका देउवाले दुई महामन्त्री थापा र विश्वप्रकाश शर्मासँग समेत छलफल गरेका छन् । सोहीअनुसार देउवाले मंगलबारको छलफलमा थापालाई समेत सँगै लिएर बालुवाटार पुगेका हुन् ।

‘प्रधानमन्त्रीको चीन भ्रमणका छलफल हुनु त स्वाभाविक नै हो, मन्त्रिपरिषद् हेरफेर र अध्यादेश पनि महत्वपूर्ण विषय हो, केही मन्त्रीको कामबाट प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ, उनीहरूका ठाउँमा अरूलाई ल्याउनुपर्ने उहाँको कुरा छ, कांग्रेसकै केही मन्त्रीका कारण बदनामी भयो भन्ने गुनासो उहाँको छ,’ कांग्रेस स्रोतको दाबी छ, ‘अर्को विषय भनेको ओली र देउवाका बीचमा अध्यादेश ल्याउने’boutमा भएको सहमतिअनुसार आउन सकेको छैन, प्रधानमन्त्रीले पूर्वसहमतिअनुसार अध्यादेश ल्याउने’ मा जोड गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन खोजे पनि कांग्रेसको अवरोधका कारण त्यो सफल हुन सकेन । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउअघि देउवासँग सहमति लिएर नै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन खोजेका थिए । सुरुमा देउवाले पनि सहमति दिएको बताइन्छ । तर, पार्टीभित्र शेखर कोइरालालगायतका नेताले विरोध जनाएपछि देउवा त्यसबाट ब्याक भएपछि ओलीले पूर्वसहमति कार्यान्वयन खोजेका छन् ।

प्रधानमन्त्री ओलीको मन्त्री हेरफेरमा कांग्रेस सभापति देउवाले सरकार बनेको ६ महिना पनि नपुग्दै मन्त्रीहरू हटाउँदा राम्रो सन्देश नजाने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा आफ्नो दलबाट सहभागी मन्त्रीहरूलाई नचलाउन भनेका थिए ।

तर, केही मन्त्रीको कार्यशैली र विवादमा मुछिएका कारण पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पनि मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री ओलीलाई सहमति दिइसकेको स्रोतको दाबी छ ।

यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्नेलगायतको तयारी रहेको बताइएको छ । बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुईथरी मत छ ।

कांग्रेसका सांसदहरूले बीआरआईअन्तर्गत ऋण लिन नहुने र अनुदान मात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् । एमाले त्यसमा हस्ताक्षर गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको छ । नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा एमाले र कांग्रेसको एकमत छ ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक लम्बिने भएपछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ ६ बजे बस्नेगरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । अर्को बैठक बिहीबार बस्ने बताइएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending