सिन्धुपाल्चोक। नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको नि:शुल्क मुटु परीक्षण गरिएको छ ।
उक्त संख्यामध्ये सातसय बढी बिद्यार्थीको इको गरिएकोमा ३४ जना छात्रछात्राको मुटुमा प्वाल परेको र १२ जना बिद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने परीक्षणमा प्रमाणित भएको आयोजक संस्थाका शाखा सभापति कमलचरण कक्षपतिले जानकारी दिए।
मुटुमा प्वाल परेका बिद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना बिद्यार्थीलाई अभिभावक, बिद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित शहिद गंगालाल हृदय प्रतिष्ठान अस्पतालमा नि:शुल्क अप्रेसन गराउने सभापति कक्षपतिले बताए ।
चौतारा साँगचोकगढी नगरपालिकाको जनबिकास माध्यमिक बिद्यालय, जनजागृति माबि, रामदेवी माबि, ईखु माबि, ज्ञानमन्दिर माबि, सेतीदेवी माबि, सिद्धिकमला माबि लगायत १४ वटा बिद्यालयका बिद्यार्थी, मेलम्ची नगरपालिकाको तेर्से माबि, इन्र्देश्वरी माबि, जालपा माबि लगायत ६ वटा बिद्यालय र हेलम्बुको सरस्वती माबिका छात्रछात्राको नि:शुल्क मुटु परीक्षण गरिएको नेपाल हार्ट फाउण्डेसन जिल्ला सदस्य प्रेम लामाले बताए।
नेपाल हार्ट फाउण्डेसनका डाक्टर, धुलिखेल अस्पतालका डाक्टर राजेन्द्र कोजु लगायतका स्वास्थ्यकर्मीको समूहले मुटु परीक्षण गरेको थियो । सो अवसरमा शिक्षक, कर्मचारीको ब्लडप्रेसर पनि जाँच गरिएको थियो ।
प्रतिष्ठान जिल्ला समितिले स्वास्थ्यसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गर्दैआएको छ । त्यसैक्रममा चौतारास्थित कृष्णरत्न गंगा माबि समुदाय सचेतनामूलक कार्यक्रम गरेको छ । २०६५ सालमा स्थापना भएको जिल्ला शाखाले बाल हृदय बचाउ अभियान सञ्चालन गर्दैआएको छ ।,
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: