Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

सिन्धुपाल्चोकमा करिब ८ हजार छात्रछात्राको नि:शुल्क मुटु परीक्षण

खबरडबली संवाददाता

सिन्धुपाल्चोक। नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको नि:शुल्क मुटु परीक्षण गरिएको छ । 

उक्त संख्यामध्ये सातसय बढी बिद्यार्थीको इको गरिएकोमा ३४ जना छात्रछात्राको मुटुमा प्वाल परेको र १२ जना बिद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने परीक्षणमा प्रमाणित भएको आयोजक संस्थाका शाखा सभापति कमलचरण कक्षपतिले जानकारी दिए। 

मुटुमा प्वाल परेका बिद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना बिद्यार्थीलाई अभिभावक, बिद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित शहिद गंगालाल हृदय प्रतिष्ठान अस्पतालमा नि:शुल्क अप्रेसन गराउने सभापति कक्षपतिले बताए । 

चौतारा साँगचोकगढी नगरपालिकाको जनबिकास माध्यमिक बिद्यालय, जनजागृति माबि, रामदेवी माबि, ईखु माबि, ज्ञानमन्दिर माबि, सेतीदेवी माबि, सिद्धिकमला माबि लगायत १४ वटा बिद्यालयका बिद्यार्थी, मेलम्ची नगरपालिकाको तेर्से माबि, इन्र्देश्वरी माबि, जालपा माबि लगायत ६ वटा बिद्यालय र हेलम्बुको सरस्वती माबिका छात्रछात्राको नि:शुल्क मुटु परीक्षण गरिएको नेपाल हार्ट फाउण्डेसन जिल्ला सदस्य प्रेम लामाले बताए। 

नेपाल हार्ट फाउण्डेसनका डाक्टर, धुलिखेल अस्पतालका डाक्टर राजेन्द्र कोजु लगायतका स्वास्थ्यकर्मीको समूहले मुटु परीक्षण गरेको थियो । सो अवसरमा शिक्षक, कर्मचारीको ब्लडप्रेसर पनि जाँच गरिएको थियो ।

प्रतिष्ठान जिल्ला समितिले स्वास्थ्यसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गर्दैआएको छ । त्यसैक्रममा चौतारास्थित कृष्णरत्न गंगा माबि समुदाय सचेतनामूलक कार्यक्रम गरेको छ । २०६५ सालमा स्थापना भएको जिल्ला शाखाले बाल हृदय बचाउ अभियान सञ्चालन गर्दैआएको छ ।,

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending