Ntc summer Offer
Khabar Dabali ६ मंसिर २०८१ बिहीबार | 21st November, 2024 Thu
Investment bank

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

खबरडबली संवाददाता

वासिङ्टन । युक्रेनले पहिलो पटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ । 

दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ । “अमेरिकी दूतावासले अमेरिकी नागरिकहरुलाई हवाई सतर्कता घोषणा भएको खण्डमा तत्काल आश्रय लिन तयार रहन सिफारिस गर्दछ”, दूतवासले भनेको छ । 

युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलो पटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रयोग गरेपछि रुसले मङ्गलबार यसको जवाफ दिने चेतावनी दिएको थियो । एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार मङ्गलबार रुसको ब्रायन्स्क क्षेत्रमा भएको आक्रमण “एटिएसिएमस क्षेप्यास्त्रद्वारा गरिएको थियो । यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए । 

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरुले द्वन्द्व ‘तीव्र’ पार्न चाहेको देखाएको बताए । “हामी यसलाई रुस विरुद्धको पश्चिमी युद्धको गुणात्मकरुपमा नयाँ चरणको रुपमा लिनेछौँ र हामी सोही अनुरुप प्रतिक्रिया दिनेछौँ”, ब्राजिलमा भएको जी-२० शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भने । 

वासिङ्टनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटिएसिएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । यो युक्रेनको लामो समयदेखिको माग थियो ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतन्त्र, सुशासन र विधिको शासनको पक्षमा एमालेकाे जागरणसभा

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ...

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका ...

मर्मतका लागि वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काभ्रे । मर्मत कार्यका लागि वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ ।  बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशि...

रास्वपाको केन्द्रीय समिति बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले राजधानीमा गरेको शान...

उपनिर्वाचनमा तीन जना निर्बिरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थान...

कैलाली जिससकाे प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीबाट मन...

देशमा माओवादीकाे नेतृत्वमा ऐतिहासिक काम भएका छन्: अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक...

गुल्मीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एककाे शव फेला

गुल्मी । कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एककाे शव फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्वेनीका ४९ वर्षीय दीपेन्द्र न्यौपा...

दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई 'वर्क फ्रम होम' लागु

काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषणको 'गम्भीर' स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई 'वर...

उपनिर्वाचन:हेटौंडा-१२ मा दुईजनाकाे उम्मेदवारी फिर्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाको वडाअध्यक्ष पदका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy