Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

खबरडबली संवाददाता

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो ।

कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व बिभागले रु ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष यहाँको एउटा मदिरा उद्योग बन्द हुँदा ठूलो राजस्व गुमेको छ । सो उद्योगले अघिल्लो आवमा रु एक अर्ब राजस्व भुक्तानी गरेको थियो ।

खड्काका अनुसार गत वर्ष मदिराजन्य वस्तुको अन्त:शुल्क नबढेको, कतिपय प्लास्टिकका बोतललगायतमा अन्त:शुल्क हटेको, बढी अन्त:शुल्क तिर्ने कोकाकोलाको खपत घटेकोलगायतका कारणले राजस्वको लक्ष्यमा पुग्न नसकेको हो । त्यसैगरी, पूर्ण कर परीक्षणका विषयमा सरकारले नरम नीति लिएर भदौ २३ अघि पत्र जारी भएका र चार वर्ष म्याद पुगेकाको मात्र परीक्षण गरिएको उनले जानकारी दिए। अन्यको हकमा हालका लागि स्थगित गरिएको थियो । हरेक वर्ष कर छुट पाइन्छ भन्ने मानसिकताका कारण पनि समयमा बक्यौता नतिर्दा राजस्व सङ्कलनमा कमी भएको उनले बताए।

कार्यालयले अग्रिम करकट्टी ४९ वटा करदाताको गरेको, १९७ वटा बजार अनुगमन गरेको, २४ वटा करदाता शिक्षा कार्यक्रम गरेको थियो । करदाता शिक्षाले मूल्य अभिवृद्धि करतर्फ रु ५६ करोड ५० लाख बक्यौता सङ्कलन भएको थियो । जुन लक्ष्यको १९८ प्रतिशत हो । आयकर भने रु पाँच करोड ४१ लाखमात्र सङ्कलन भयो । यो १३ प्रतिशतमात्र हो । रु ४१ करोड बक्यौता आयात करमा उठाउने लक्ष्य कार्यालयको थियो । रु २१ करोड ४५ लाख बेरुजु फछ्र्योट गरिएको उनले जानकारी दिए। कार्यालयमा हाल ७४ हजार करदाता रहेका छन् ।

कार्यालयबाहेक जिल्लाका छ पालिकामा पनि करदाता सेवा दिने गरिएको छ । भरतपुर महानगरपालिकाबाहेकका पालिकाहरूले पान नम्बर वितरण, विवरण संशोधन, दर्ता खारेजी निवेदन, मूल्य अभिवृद्धि करको निवेदन दर्तालगायतका राजस्व सङ्कलनसँग सम्बन्धित काम गर्दछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...

बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसम...

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ...

प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका हस्तकला उद्योगको विकास, विस्तार र प्रवर्द्धनका विषयमा आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भ...

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।  राष्ट्र बै...

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending