काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।
रास्वपाको आज सम्पन्न केन्द्रीय समितिको बैठकले सहकारी पिडितले राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको हो । यस प्रदर्शनमा रास्वपाले एक्यबद्धता जनाएको थियो ।
रास्वपाले भनेको छ- 'आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो । पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो । यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ । तसर्थ सहकारी पीडितका मुद्दा समाधान तथा दोषी उपर अबिलम्ब कानुनी कारवाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।'
साथै रास्वपाको बैठकले पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरुको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुको स्थानीयकरणमा केन्द्रीत हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
त्यस्तै रास्वपाले केही दिनयता सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरुसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ५ गते, २०८१ - २०:४७
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ...
मंसिर ५ गते, २०८१ - २०:२५
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका ...
मंसिर ५ गते, २०८१ - २०:०७
काभ्रे । मर्मत कार्यका लागि वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ । बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशि...
मंसिर ५ गते, २०८१ - २०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले राजधानीमा गरेको शान...
मंसिर ५ गते, २०८१ - १९:५६
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थान...
मंसिर ५ गते, २०८१ - १९:५१
कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीबाट मन...
मंसिर ५ गते, २०८१ - १९:४०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक...
मंसिर ५ गते, २०८१ - १९:३१
गुल्मी । कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एककाे शव फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्वेनीका ४९ वर्षीय दीपेन्द्र न्यौपा...
मंसिर ५ गते, २०८१ - १९:०४
काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषणको 'गम्भीर' स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई 'वर...
मंसिर ५ गते, २०८१ - १९:०१
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाको वडाअध्यक्ष पदका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको ...
प्रतिकृया लेख्नुहोस्: