नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आफ्नो सेवा सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन नयाँ सुविधाहरू थप गरेको जनाएको छ । सेवाग्राहीहरूको आवश्यकतालाई ध्यानमा राख्दै कार्यालयले सेवा सुविधा विस्तार गरेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले अबदेखि डिजिटल सेवा उपयोग गर्न सहज होस् भनेर निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ । यसले नागरिकलाई अनलाइन फारम भर्न, सूचना प्राप्त गर्न र अन्य डिजिटल काम गर्न समेत सहज हुने प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।
कार्यालयले सेवाग्राहीको लागि शुद्ध खाने पानीको पनि व्यवस्था गर्दै स्वच्छता र नागरिक स्वास्थ्यलाई प्राथमिकता दिएको जनाएको छ । त्यस्तै सेवाग्राहीको सुविधाको लागि विश्राम गृह र मोबाइल चार्जिङ स्टेसनको पनि व्यवस्था गरिएको प्रजिअ पोख्रेलले बताए । यसले लामो समयसम्म पर्खनु पर्ने सेवाग्राहीहरूको मोबाइल चार्जिङसम्बन्धी समस्या समाधान गर्न मद्दत पुर्याउने छ ।
जिल्ला प्रशासन कार्यालयले सेवा विस्तार गरेको प्रति सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् । विनयी त्रिवेणी गाउँपालिका ६ का मनोज थापाले भने, ‘पहिले कतिपय काम गर्दा समय लाग्थ्यो, तर अहिले विश्राम गुह, वाइफाई, पानी र चार्जिङ स्टेसन र टेलिभिजनको समेत सुविधा उपलब्ध हुँदा काम गर्न सजिलो भएको छ ।
बौदीकाली ४ बाट छोरीको नागरिकता बनाउन आएका महाशरूप सारू मगरले नागरिकता बनाउन लामो समयसम्म उभिनु पर्नेमा अहिले बस्न पाइएको प्रतिक्रिया दिए । कावासोती ६ का कोशुराम सुनारले सेवाग्राहीको लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले दिएको सुविधा प्रति खुसी व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - २१:०३
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिट...
मंसिर ७ गते, २०८१ - २०:४८
काठमाडाैं । नेकपा एमालेकाे जागरणसभाले दरबारमार्ग सडकमा फोहोर गरेको भन्दै काठमाडाैं महानगरले एक लाख जरिवाना गरेकाे छ । शुक्रवार काठमाडौंको दरबारमार...
मंसिर ७ गते, २०८१ - २०:२९
चितवन । वैदेशिक रोजगारीका लागि निःशुल्क विदेश पठाइदिन्छु भनी पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ ।...
मंसिर ७ गते, २०८१ - २०:२६
कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापु...
मंसिर ७ गते, २०८१ - २०:११
दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घ...
मंसिर ७ गते, २०८१ - २०:०७
धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोध...
मंसिर ७ गते, २०८१ - १९:५६
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार
मंसिर ७ गते, २०८१ - १९:४६
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएक...
मंसिर ७ गते, २०८१ - १९:२३
काठमाडौँ । युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ । युक्रेनी सांसद येभगेनिया क्रभचुकल...
मंसिर ७ गते, २०८१ - १८:३९
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बु...
प्रतिकृया लेख्नुहोस्: