Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

खबरडबली संवाददाता

एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गरेका छन् । 

राष्ट्रपति अब्बासले अमेरिकाले चौथो पटक भिटो प्रयोग गरी इजरायललाई प्यालेस्टिनी तथा लेबनानी जनता विरुद्धको “अपराध” र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको उल्लेख गरेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफए जनाएको छ । वक्तव्यमा यहाँले राष्ट्रसङ्घीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायमा प्यालेस्टाइनको माग स्पष्ट रहेको जनाउँदै “आक्रमण” रोक्न, युद्धविराम लागू र इजरायलले प्यालेस्टिनी जनता विरुद्ध गरेको “अपराध” लाई सम्बोधन आव्हान गरेका छन् । 

विज्ञप्तिमा मानवीय सङ्कट तथा भोकमरी अन्त्य गर्न तुरुन्तै कार्य गरेर प्यालेस्टिनी जनताको जिम्मेवारी लिन आग्रह गरिएको छ । प्यालेस्टिनी अख्तियारका विदेश मामिला तथा प्रवासी राज्यमन्त्री फार्सिन शाहिनले अमेरिकी  भिटोलाई “अन्यायपूर्ण, र अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरीत भनेका छन् । 

यसै गरी हमासले एक विज्ञप्ति मार्फत भिटो प्रयोग गरेर अमेरिकाले आक्रमणको प्रत्यक्ष साझेदार बनेको प्रमाणित गरेको जनाएको छ । वक्तव्यमा अमेरिकालाई शत्रुतापूर्ण नीति” रोक्न आह्वान गर्दै युद्धको अन्त्य गरी यस क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न आह्वान गरेको छ । 

अमेरिकाले बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमा भिटो प्रयोग गरे पछि संयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले कडा आलोचना गरेका छन् । परिषद्का–१० लगायत गैर–स्थायी सदस्यहरूले मस्यौदामा तत्काल, स्थायी युद्ध विरामका साथै बन्धकको रिहाइको माग गरेका छन् । 

सुरक्षा परिषद्का सदस्यहरूमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending