काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो ।
अनुसन्धानको रिपोर्टमा बोल्सोनारोले आफ्नो प्रतिद्वन्द्वी, वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा (वर्तमान राष्ट्रपति) लाई २०२२ मा भएको चुनावमा पराजयको बाबजुद पदमा रहन खोजेका थिए ।
पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्धको आरोपको सम्बन्धमा, ब्राजिल प्रहरीले पूर्व राष्ट्रपति जैर बोल्सोनारो र अन्य ३६ जना व्यक्तिलाई 'कू' को प्रयास गरेको आरोप लगाएको छ । जस अनुसार २०२२ को चुनावमा पराजयपछि पदमा रहन बोल्सोनारोले आफ्ना सहयोगीहरूसँग मिलेर कूको प्रयास गरेका थिए ।
यस विषयमा वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले त्यति बेला आफुलाई विष खुवाउने प्रयास समेत भएको खुलासा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले आफूलाई ‘विष’ दिने प्रयास सफल नभएको बताएका हुन् । लगभग दुई वर्ष अघि राष्ट्रपति बनेपछि यो पहिलो पटक हो ।
लुलाले सार्वजनिक रूपमा 'सन् २०२२ मा उनको हत्या गर्ने कथित षड्यन्त्रको बारेमा टिप्पणी गरेका छन् । ७९ वर्षीय लुलाले जनवरी २०२३ मा दोस्रो पटक ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अहिलेसम्म यस विषयमा कुनै बयान दिएका थिएनन् । लुला सन् २००३ देखि २०११ सम्म राष्ट्रपति पनि थिए ।
रिपोर्टका अनुसार प्रहरीले आफ्नो अनुसन्धानको नतिजा ब्राजिलको सर्वोच्च अदालतमा पेश गरेपछि अब यी आरोप स्वीकार गरेमा पूर्व राष्ट्रपतिविरुद्ध मुद्दा चलाइनेछ।
बोल्सोनारोविरुद्ध ब्राजिलमा हीरा गहना तस्करीमा समेत सामेल भएको विषयमा अनुसन्धान भएको बताइएको छ । प्रहरीका अनुसार गहनाहरु कुनै जानकारी नदिई ब्राजिल ल्याइएको थियो । यसबाहेक आफ्ना मातहतका कर्मचारीलाई दबाब दिएको पनि आरोप छ । यस आरोपका अनुसार, बोल्सोनारोले मानिसहरूलाई कोरोना महामारीको समयमा आफ्नो र अरूको कोभिड खोपको स्थितिलाई झूटो बनाउन निर्देशन दिएको आरोप छ ।
बोल्सोनारोले यी सबै मामिलामा संलग्नता अस्वीकार गरेका छन् ।
मंगलबार, संघीय प्रहरीले कथित रूपमा चार सैन्य कर्मचारी र एक संघीय प्रहरी अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुमाथि २०२२ मा ‘कु’ षड्यन्त्र गरेको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: