Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे. १ ख ४१५९ नम्बरको बसमा सवार बाँके कोहलपुर नगरपालिका-१४ बस्ने २४ वर्षीय बिमल तामाङलाई १ ग्राम ५ सय मिलिग्राम तथा इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१ ०१-००१ ख ४४८८  नम्बरको बसमा सवार झापा भद्रपुर गाउँपालिका-९ बस्ने २७ वर्षीय सञ्जय सुब्बा र २९ वर्षीय उज्वल राईलाई २ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ रोड हाउस क्याफे नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ग्राम सहित भारत गोपालगंज अम्पुरा घर भएका ६५ वर्षीय गोपाल महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिरोका कारण क्षति भएका खानेपानी आयोजनाको चाँडो मर्मत गर्नुस्: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिट...

दरबारमार्ग सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

काठमाडाैं । नेकपा एमालेकाे जागरणसभाले दरबारमार्ग सडकमा फोहोर गरेको भन्दै काठमाडाैं महानगरले एक लाख जरिवाना गरेकाे छ ।  शुक्रवार काठमाडौंको दरबारमार...

चितवनमा मानव बेचबिखन आरोपमा एक पक्राउ

चितवन । वैदेशिक रोजगारीका लागि निःशुल्क विदेश पठाइदिन्छु भनी पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ ।...

दुई दशकदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ ?

कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापु...

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घ...

नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्

धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोध...

माओवादी पार्टीहरु एकताको प्रक्रियामा छन्: अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएक...

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद बैठक रद्द

काठमाडौँ । युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ  । युक्रेनी सांसद येभगेनिया क्रभचुकल...

एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy