Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

खबरडबली संवाददाता

लेबनान । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् । 

लडाकु विमानहरूले दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ उडिरहेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । इजरायली सेनाले तिनवटा स्थान खाली गर्न आदेश दिए पछि सामाजिक सञ्जालमा आक्रमणको चेतावनी दिँदै एएफपिटिभीको प्रत्यक्ष फुटेजले यस क्षेत्रको अवस्था देखाएको थियो । 

यस लगतै इजरायली सेनाले विज्ञप्ति मार्फत लडाकू जेटहरूले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणको नयाँ चरण पूरा गरेको जनाएको छ । बेरुत र लेबनानको दक्षिण तथा पूर्वका अन्य क्षेत्र पछिको इजरायली आक्रमणमा इजरायलले इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई लक्षित गरेको बताएको छ । गाजा द्वन्द्वलाई लिएर इजरायल र हेजबोल्लाह बिच ११ महिना भन्दा बढीको सीमापार लडाँइ सेप्टेम्बरमा पूर्ण युद्धमा परिणत भएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हमलामा कम्तिमा ५२ जनाको र लेबनानको पूर्वमा करिब ४० को मृत्यु भएको जनाएको छ । इजरायली सेनाले शुक्रबार तटीय सहर टायर र नजिकैको बुर्ज अल–शेमाली प्यालेस्टिनी शरणार्थी शिविरका केही भागहरूका लागि निकासी चेतावनी पनि जारी गरेको थियो । 

इजरायल हिजबोल्लाह युद्धको अन्त्यका लागि मध्यस्थता गर्न अमेरिकी दूत अमोस होचस्टेनले बुधबार बेरुतको भ्रमण समाप्त गरेपछि लेबनानमा आक्रमणको गति बढेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार सन् २०२३ अक्टोबर देखिको हिंसामा कम्तीमा तीन हजार ५८३ जनाको मृत्यु भएको जनाएको जस मध्ये अधिकांश मृत्यु यस वर्षको सेप्टेम्बर देखि भएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE