Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पुर्खाहरूले नेपाललाई सुन्दर सहरहरू दिएर गएका छन्: उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरूले भरिपूर्ण देश भएको बताएका छन् । सोमबार विश्व सहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बाल्दै उनले पुर्खाहरूले नेपाललाई सुन्दर सहरहरू दिएर गएको बताए । 

‘‘संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यवस्थित गरेर संसारलाई चिनाउनुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भने । उनले विगतमा अहिलेको काठमाडौं काष्ठमण्डपका रूपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालीन समयमा काष्ठमण्डप आर्थिक गतिविधिको केन्द्र रहेको स्मरण गरे । उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन् । यी नै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने भन्दै उनले व्यवस्थित सहरीकरणमा आफ्नो जोड रहेको बताए । 

सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दीर्घकालीन रूपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै उनले सहरी नीति ०८१ मन्त्रिपरिषदमा  अन्तिम चरणमा रहेको जानकारी गराए । सहरी नीति मन्त्रिपरिषदबाट स्वीकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए । 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले युवाहरूसँग नयाँ आइडिया हुने भन्दै योजना निर्माणको प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिए । युवा उत्प्रेरित स्थानीय योजना र प्रयास : जलवायुमैत्री दिगो आवास र सहरी विकास नाराका साथ यस वर्षको विश्व सहर दिवस र विश्व सहर योजना दिवस मनाइएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending