इलाम । ओए सीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा माघ पाँच देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ । नेपाल र भारत सहितका आठ टिम सहभागी रहने प्रतियोगितामा नेपालका ए डिभिजन फुटबल क्लब उतार्ने आयोजकले जनाएको छ ।
जसमा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, पुलिस, ओए सीस फुटबल क्लब (आयोजक), गढीमाई एपसी धनगढी, बागमती फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र सी एप सी फुटबल क्लब भारत, र गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ । आयोजकले राष्ट्रिय टिमकी खेलाडी एन्जिलाको कप्तानीमा खेलाडी उतार्ने तयारी रहेको जनाएको छ । उनी खेलका लागि विदेश नगएको खण्डमा उनको कप्तानीमा टिम बनाउने जनाएको हो । प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
नेपाली महिला फुटबल खेलाडीले अहिले जुन स्थान हासिल गरेका छन् त्यसलाई जीवन्त राख्न र नयाँ खेलाडी उत्पादनमा प्रोत्साहनका लागि पनि महिला गोल्ड कप आयोजना गरेको का लागि पनि यो आयोजकले जनाएको छ । ओए सीस क्लब इलामका अध्यक्ष ध्रुव राईका अनुसार यो फुटबल आयोजकको मात्रै नभई जिल्लाका सबैको रहेको र यो सम्पन्न गराउन सबै जना हातेमालो गर्दे सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा रहेको बताए । उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा हुने यो आयोजनाले ए डिभिजनका टिम उतार्ने जनाएको हो ।
प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको र उक्त रकम सहयोगी हातहरूबाट सङ्कलन हुने अपेक्षा रहेको ओए सीस क्लब इलामका सचिव रोशन राईले बताए । उनका अनुसार सहयोगी व्यक्तित्व र विभिन्न सङ्घ संस्थाको सहयोगमा रकम सङ्कलन गर्ने र उक्त लागतमा खेल सम्पन्न गराउन सक्छौ भन्ने योजना रहेको बताए ।
कोसी प्रदेशका उपमहासचिव पूर्ण फत्रले पहिले महिला फुटबल प्रतियोगिता नहुँदा महिला खेलाडी उत्पादन हुन सकेका थिएनन् । पछिल्लो समय स्थानीय तहले उपमेयर कप सञ्चालनले पनि महिला खेलाडी उत्पादनमा प्रोत्साहन गरेको र अब हुन लागेको महिला फुटबलले महिला खेलाडी उत्पादनमा प्रोत्साहन हुने र स्थानीय सरकारले पनि महिला फुटबलमा लगानी गर्नुपर्छ भन्ने बोध गराउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: