Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

इलाममा अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्ड कप हुने

खबरडबली संवाददाता

इलाम । ओए सीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा माघ पाँच देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ । नेपाल र भारत सहितका आठ टिम सहभागी रहने प्रतियोगितामा नेपालका ए डिभिजन फुटबल क्लब उतार्ने आयोजकले जनाएको छ ।

जसमा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, पुलिस, ओए सीस फुटबल क्लब (आयोजक), गढीमाई एपसी धनगढी, बागमती फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र सी एप सी फुटबल क्लब भारत, र गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ । आयोजकले राष्ट्रिय टिमकी खेलाडी एन्जिलाको कप्तानीमा खेलाडी उतार्ने तयारी रहेको जनाएको छ । उनी खेलका लागि विदेश नगएको खण्डमा उनको कप्तानीमा टिम बनाउने जनाएको हो । प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

नेपाली महिला फुटबल खेलाडीले अहिले जुन स्थान हासिल गरेका छन् त्यसलाई जीवन्त राख्न र नयाँ खेलाडी उत्पादनमा प्रोत्साहनका लागि पनि महिला गोल्ड कप आयोजना गरेको का लागि पनि यो आयोजकले जनाएको छ । ओए सीस क्लब इलामका अध्यक्ष ध्रुव राईका अनुसार यो फुटबल आयोजकको मात्रै नभई जिल्लाका सबैको रहेको र यो सम्पन्न गराउन सबै जना हातेमालो गर्दे सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा रहेको बताए । उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा हुने यो आयोजनाले ए डिभिजनका टिम उतार्ने जनाएको हो ।

प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको र उक्त रकम सहयोगी हातहरूबाट सङ्कलन हुने अपेक्षा रहेको ओए सीस क्लब इलामका सचिव रोशन राईले बताए । उनका अनुसार सहयोगी व्यक्तित्व र विभिन्न सङ्घ संस्थाको सहयोगमा रकम सङ्कलन गर्ने र उक्त लागतमा खेल सम्पन्न गराउन सक्छौ भन्ने योजना रहेको बताए ।

कोसी प्रदेशका उपमहासचिव पूर्ण फत्रले पहिले महिला फुटबल प्रतियोगिता नहुँदा महिला खेलाडी उत्पादन हुन सकेका थिएनन् । पछिल्लो समय स्थानीय तहले उपमेयर कप सञ्चालनले पनि महिला खेलाडी उत्पादनमा प्रोत्साहन गरेको र अब हुन लागेको महिला फुटबलले महिला खेलाडी उत्पादनमा प्रोत्साहन हुने र स्थानीय सरकारले पनि महिला फुटबलमा लगानी गर्नुपर्छ भन्ने बोध गराउने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा साम्प्रदायिक तनाव चुलिँदा गौरमा अनिश्चितकालीन कर्फ्यु, १८ जना पक्राउ

काठमाडौं ।  रौतहटमा दुई समुदायबीचको तनाव चुलिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। शनिबार  दिउँसो १ बजेदेखि लागू हुने गरी प्रमुख ज...

रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

रामेछाप। रामेछापमा बोलेरो गाडीको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ...

चितवनमा भेटियो शंकास्पद वस्तु

चितवन । रामपुर कृषि क्याम्पस गेट नजिकै कालो प्लास्टिकले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीक...

चुनावविरुद्ध चलखेल अस्वीकार्यः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको  पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चुनाव ...

गौरमा कर्फ्यूबीच आगजनी, अवस्था अझै तनावग्रस्त

काठमाडौं । गौरमा कर्फ्यू जारी रहेकै अवस्थामा पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरे प...

यस्तो छ आज शनिबाार तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

आरोप–प्रत्यारोपको बीच चिया–खाजामा सहकार्यको सन्देश

डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...

टिकट विवादपछि रास्वपा बर्दघाटका नेता हरिजनको राजीनामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...

तुलसीपुर घटनाले चुनावी माहोल तातियो, रास्वपा र एमाले आमनेसामने

दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE