Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

दशैंमा राँगा काट्दा छिनेको हातको सफल उपचार

खबरडबली संवाददाता

अछाम ।  अछाम जिल्लाको रामारोशन गाँउपालिका वडा नं. २ चाफामाडौं घर भएका २५ वर्षका शिव लुहारको दशैंको अवसरमा गाउँमा राँगा काट्ने बेलामा बायाँ हात पूरै छिन्यो।

मंगलसेन नगरपालिका वडा नं १२ का २५ वर्षीय रमेश जनालाले राँगा काट्ने क्रममा शिवको बायाँ हातमा खुँडा लाग्दा हात पूरै काटिएको थियो। 

हात काटिएपछि शिवलाई उनका आफन्तले उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याएका थिए। बयालपाटा अस्पतालमा शिवको शल्यक्रिया मार्फत् सफल उपचार भयो। 

उपचारमा संलग्न बयालपाटा अस्पतालमा अस्पताल निर्देशक तथा अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकका अनुसार बिरामीको हातको सबै नसा काटिएकाले हात नजोडेर मात्रै उपचार गरिएको छ। 

काटिएको हातबाट उच्च रक्तश्राव भइरहेका कारण उनको ज्यान समेत जान सक्ने भएकाले तत्कालै शल्यक्रिया गरि उपचार गरिएको डाक्टर पाठकले बताए। 

उनी उपचारका लागि अस्पताल पुग्दा उनको शरिरमा हेमोग्लोबिन मात्रा समेत कम अर्थात् ८ प्वाइन्ट २ रहेको थियो। 

यस्तो खालको केश बिरलै मात्र हुने गरेको र ढिलो भएमा ज्यान समेत जान सक्न खतरा भएपनि बयालपाटा अस्पतालको टिमले शल्यक्रिया गरी उनको ज्यान जोगाउन सफल भएको हो। 

बयालपाटा अस्पतालमा समयमै निःशुल्क रुपमा आफ्नो उपचार भएपछि आफू खुशी भएको र हात गुमेकोमा चाहिँ दुःखी भएको शिव लुहारले बताए । 

खुँडा हान्ने जनाला प्रहरी चौकी शान्तडाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्र...

आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतोलामा ४ सय रुपैयाँले बढेको हो ।...

कृषि विकास बैंकका कर्मचारीको लापरवाहीः ऋणको ब्याज बुझाउँदै आएका रामचन्द्रको घरजग्गा लिलाम

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकको चरम लापरबाही बाहिरिएको छ । ऋणको ब्याज मासिक रूपमा बुझाउँदै आएका एक सेवाग्राहीको घरजग्गा बैंकले लिलाम ग...

अपराह्नदेखि देशभर मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप...

मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति

काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । ९२ वर्षका उनले दिल्लीको एम्समा अन्तिम सास लिएका छन । उनी उमेरसँग सम्बन्धित रो...

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।  आजको बैठकमा समस...

आचारसंहिता मिच्ने २ सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ। पत्रकारिताको आवरणमा गलत काम ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy